१ थेसलोनिकी 5:12-28
१ थेसलोनिकी 5:12-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछौं, कि तिमीहरूका माझमा परिश्रम गर्नेहरू, जो प्रभुमा अगुवाहरू हुन् र तिमीहरूलाई चेताउनी दिन्छन्, तिनको आदर गर, र तिनीहरूका कामको खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्च आदर गर। तिमीहरू आपसमा मेलमिलापमा बस। भाइ हो, हामी तिमीहरूलाई अर्ती दिन्छौं कि अल्छेहरूलाई चेताउनी देओ। हरेस खानेहरूलाई दिलासा देओ। कमजोरीहरूलाई मदत गर। ती सबैसँग सहनशीलता देखाओ। याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस्, तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्टा गर। सधैँ आनन्दित रहो। निरन्तर प्रार्थना गरिरहो। सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। पवित्र आत्मालाई ननिभाओ। अगमवाणीलाई तुच्छ नठान। सबै कुराको जाँच गर। जुन कुरा असल छ त्यसैमा दृढ़ रहो। सबै किसिमका खराबीबाट अलग बस। शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्याऊन्, र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून्। तिमीहरूलाई बोलाउनुहुने विश्वासयोग्य हुनुहुन्छ, उहाँले यो गर्नु नै हुनेछ। भाइ हो, हाम्रा निम्ति प्रार्थना गर। सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर। म तिमीहरूलाई प्रभुमा अनुरोध गर्दछु कि यो पत्र पढ़ेर सबै भाइहरूलाई सुनाइदेओ। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूमा रहोस्।
१ थेसलोनिकी 5:12-28 नेपाली समकालीन संस्करण (NCV)
अब दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूमध्ये कठोर परिश्रम गर्नेहरू, प्रभुमा तिमीहरूलाई अगुवाइ गर्नेहरू र तिमीहरूलाई उत्साह दिनेहरूलाई आदर गर। अनि तिनीहरूका कामको निम्ति तिनीहरूलाई प्रेमसाथ अति उच्च आदर देओ। तिमीहरू एक-आपससँग मेलमिलापमा बस। दाजुभाइ-दिदीबहिनीहरूहो, हामी तिमीहरूलाई आग्रह गर्दछौं, कि अल्छेहरूलाई चेतावनी देओ, डराएकाहरूलाई उत्साह देओ, कमजोरहरूलाई सहायता गर, र सबैसँग सहनशील होओ। यस विषयमा ध्यान देओ, कि कसैले पनि खराबीको बदला खराबी नगरोस्, तर एक-आपसमा साथै अरू सबैसँग सधैं भलाइ गर्ने प्रयास गर। सधैं आनन्दित रहो। निरन्तर प्रार्थना गरिरहो। हरेक परिस्थितिमा धन्यवाद देओ; किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। पवित्र आत्मालाई ननिभाओ। अगमवाणीलाई तुच्छ नठान। हरेक कुरालाई जाँच गर; जे कुरा असल छ त्यसलाई पक्रिराख। हरेक किसिमका दुष्टतालाई इन्कार गर। तिमीहरूलाई शान्तिका परमेश्वर आफैले, सम्पूर्ण रूपले शुद्ध बनाऊन्। हाम्रा प्रभु येशू ख्रीष्टको दोस्रो आगमनसम्म तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर निष्कलङ्क राखून्। तिमीहरूलाई बोलाउनुहुने परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र उहाँले नै यो गर्नुहुनेछ। दाजुभाइ-दिदीबहिनीहरूहो, हाम्रा निम्ति प्रार्थना गरिदेओ। परमेश्वरका सबै जनहरूलाई ख्रीष्टिय प्रेमसाथ अभिवादन गर। यो पत्र सबै दाजुभाइ-दिदीबहिनीहरूलाई पढेर सुनाइदेओ भनी प्रभुको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्।
१ थेसलोनिकी 5:12-28 पवित्र बाइबल (NERV)
दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! अब हाम्रो निवेदन छ कि जसले तिमीहरू माझ कठोर परिश्रम गरे, जसले तिमीहरूलाई परमप्रभु तर्फ डोर्याएर असल शिक्षा दिए तिनको सम्मान गर। हामी निवेदन गर्छौं कि तिनीहरूले गरेको कामको सम्मानको निम्ति सम्मानको विशेष प्रेम दर्शाऊ। परस्परमा शान्तिपूर्वक बस। दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू अल्छेहरूलाई चेताउनी दिनु, डरपोकहरूलाई उत्साह दिनु, दुर्वलहरूलाई सहायता दिनु र सबैसित धैर्य राख्नु भनि हामी तिमीहरूलाई विन्ति गर्छौं। याद गर, कसैले गलत कामको बद्ला नलियोस्। तर प्रत्येकले एक-अर्काको अनि प्रत्येकको भलाई गर्ने लक्ष्य बनाउनु पर्छ। सधैँ प्रसन्न बस। प्रार्थना गर्न कहिल्यै नछोड। सधैँ परमेश्वरलाई धन्यवाद देऊ। ख्रीष्ट येशूमा हुने तिमीहरूबाट परमेश्वर यही चाहनु हुन्छ। पवित्र आत्माको कहिल्यै वाधा नदेऊ। भविष्यवाणीलाई महत्वहीन नठान। हरेक कुरालाई जाँच र असल जति राख। हर प्रकारको दुष्ट्याइँदेखि टाढा बस। शान्तिको स्रोत परमेश्वर स्वयंले तिमीहरू उहाँमा हुनेहरूलाई पवित्र पारून भन्ने हाम्रो प्रार्थना छ। हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्ट आँउदा पूर्णरूपले दोषरहित बनाइ राख। उहाँ नै एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनु भयो, तिम्रोलागि यी सब थोक गर्नु नै हुनेछ। तिमीहरूले उहाँलाई विश्वास गर्ने सक्छौ। दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, हाम्रा लागि पनि प्रार्थना गर। जब भेट गर्छौं सबै भाइ बहिनीहरूलाई पवित्र चुम्बनले अभिवादन गर। प्रभुको अधिकार लिएर म भन्दैछु, यो पत्र सबै दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई पढेर सुनाइदिनु पर्छ। हाम्रा परमप्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैमा रहोस्। आमेन।
१ थेसलोनिकी 5:12-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाजुभाइहरू, तिमीहरूका माझमा दिलो ज्यानले प्रभुको काम गर्ने अगुवाहरूलाई र शिक्षा दिनेहरूलाई नभुल। तिनीहरूले गरेका कामको लागि प्रेमले तिनीहरूको ठूलो आदर गर अनि आपसमा मेलमिलाप राख। अल्छीहरूलाई सम्झाओ। हरेस खानेहरूलाई हौसला देओ र कमजोरहरूलाई सहायता गर अनि सबैलाई सहो। तिमीलाई नराम्रो गर्यो भन्दैमा उसलाई नराम्रो नगर। सधैँ एक-अर्कालाई र सबै मानिसहरूलाई राम्रो गर्ने विचार राख। सधैँभरि खुसी होओ। प्रार्थनामा लागिबस। जस्तोसुकै अवस्थामा जे परिआउँछ, ती सबैमा तिमी ख्रीष्टमा धन्यवादी होओ। ख्रीष्टमा भएर तिमीहरूले गर्नुपर्ने परमेश्वरको इच्छा यही हो। पवित्र आत्मालाई ननिभाओ। परमेश्वरका तर्फबाट बोलेको कुरालाई हेला नगर। सबै कुरा राम्ररी जाँच अनि राम्रा कुराहरूचाहिँ राख अनि सबै नराम्रा कुराहरूबाट अलग बस। शान्तिका परमेश्वर आफैंले तिमीहरूलाई पूरा तवरले पवित्र राखून्, हाम्रा प्रभु येशू ख्रीष्ट नआएसम्म तिमीहरूको आत्मा, प्राण र शरीर स्वस्थ, दागबिनाको र निर्दोष होओस्। तिमीहरूलाई बोलाउने परमेश्वर विश्वासी हुनुहुन्छ। उहाँले नै तिमीहरूलाई यी सब कुरा पूरा गरिदिनुहुनेछ। दाजुभाइहरू, हाम्रा लागि पनि प्रार्थना गरिदेओ। त्यहाँ भएका सबै दाजुभाइहरूलाई प्रेमसँग मेरो अभिवादन सुनाइदेओ। सबै दाजुभाइहरूलाई यो पत्र पढेर सुनाओ भन्ने प्रभुमा मेरो आज्ञा छ। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्।