YouVersion लोगो
खोज आइकन

१ शमूएल 2:27-29

१ शमूएल 2:27-29 सरल नेपाली

एक जना अगमवक्ता परमप्रभुको यो खबर लिएर एलीकहाँ आए, “जब तेरा पुर्खा हारून र त्‍यसको घराना मिश्रको राजाका कमाराहरू भएका थिए, मैले हारूनलाई दर्शन दिएँ। इस्राएलका सारा कुलहरूबाट मैले त्‍यसका घरानालाई मेरा पूजाहारी बन्‍न र वेदीमा सेवा गर्न चुनें। अनि वेदीमा जलाइने बलिको एक हिस्‍सा आफूसित लिने अधिकार तिनीहरूलाई दिएँ। त अब किन तैँले मेरा मानिसहरूबाट मैले चाहेका बलि र भेटीहरूलाई लोभले हेर्छस्? एली, किन तेरा छोराहरूलाई मैले आफ्‍ना मानिसहरूबाट चाहेका बलिका सबैभन्दा असल हिस्‍सा खाएर मोटाउन दिएर तैँले मलाई भन्दा तिनीहरूलाई बढ्ता आदर दिन्‍छस्?

१ शमूएल 2 पढ्नुहोस्