YouVersion लोगो
खोज आइकन

१ शमूएल 2:27-29

१ शमूएल 2:27-29 NNRV

अब परमेश्‍वरका एक जना दास एलीकहाँ आएर उनलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘के मैले आफूलाई तेरा पिताको घरानाकहाँ मिश्रमा तिनीहरू फारोको दासत्‍वमा हुँदा प्रकट गरेको थिइनँ? मैले इस्राएलका सबै कुलहरूमध्‍ये तेरा पितालाई मेरो पूजाहारी हुन, मेरो वेदीका खुट्‌किलामा उक्‍लन धूप बाल्‍न र मेरो सामु एपोद लगाउन छानें। इस्राएलका सबै अन्‍न-बलि तेरा पिताका घरानाको निम्‍ति अलग पनि गरिदिएँ। किन तिमीहरू मैले आदेश दिएका मेरो वासस्‍थानको निम्‍ति बलिदानहरू र भेटीहरूलाई अनादर गर्छौ? तैंले मेरो प्रजा इस्राएलले चढ़ाएका सबै बलिदानको असल भागलाई आफ्‍नो निम्‍ति राखी किन तँ तेरा छोराहरूलाई मलाई भन्‍दा बढ़ी सम्‍मान गर्छस्‌?’