YouVersion लोगो
खोज आइकन

१ शमूएल 2:27-29

१ शमूएल 2:27-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहका एक जना सेवक एलीकहाँ आएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘के मैले तिमीहरूका पितापुर्खाहरू इजिप्टमा फारोको अधीनमा भएको बेला म आफूलाई तिनीहरूकहाँ स्पष्‍ट रूपमा प्रकट गरिनँ र? मैले तिमीहरूका पितापुर्खाहरूलाई मेरो पुजारी हुन र वेदीमा उक्लेर गई धूप बाल्न; अनि मेरो उपस्थितिमा एपोद पहिरिन इस्राएलका सबै कुलहरूबाट चुनेँ। मैले तिमीहरूका पितापुर्खाहरूको घरानालाई इस्राएलीहरूले चढाएका सबै अन्‍नबलिहरू पनि दिएँ। तिमीहरू किन मैले मेरो वासस्थानको निम्ति तोकेका बलि र भेटीको अनादर गर्छौ? मेरा इस्राएली जनहरूले चढाएका हरेक भेटीका असल भागहरू खाएर आ-आफूलाई पुष्‍ट्याएर तैँले किन मलाई भन्दा बढी तेरा छोराहरूलाई आदर गर्छस्?’ ”

शेयर गर्नुहोस्
१ शमूएल 2 पढ्नुहोस्

१ शमूएल 2:27-29 पवित्र बाइबल (NERV)

परमेश्वरका एकजना दास आएर एलीलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘म तेरो पिता-पुर्खाहरू मिश्रमा फिरऊनको दासत्वमा रहेको समयमा म तेरो पिताको परिवारमा प्रकट भएँ। इस्राएल भरिका कुलहरू मध्ये तेरो पिताको कुललाई मेरो पूजाहारीको रूपमा चुनेको थिएँ। मैले तिनीहरूलाई मेरो वेदीमाथि धूप बाल्न र मेरो उपस्थितिमा एपोद लाउन छानेको थिएँ। इस्राएलीहरूले चढाएका बलिको भाग उनीहरूसित मैले बाँडे। तर तैंले ती बलि र भेटीहरूमा मेरो आदेश अनुसार आदर गरिनस्। मलाई भन्दा ज्यादा तैंले तेरो छोराहरूलाई सम्मान दिइस्। इस्राएलका मेरा मानिसहरूले मलाई चढाएको पवित्र बलिको भोजन खाएर तँ मोटाएकोछस्।’

शेयर गर्नुहोस्
१ शमूएल 2 पढ्नुहोस्

१ शमूएल 2:27-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एक जना अगमवक्ता परमप्रभुको यो खबर लिएर एलीकहाँ आए, “जब तेरा पुर्खा हारून र त्‍यसको घराना मिश्रको राजाका कमाराहरू भएका थिए, मैले हारूनलाई दर्शन दिएँ। इस्राएलका सारा कुलहरूबाट मैले त्‍यसका घरानालाई मेरा पूजाहारी बन्‍न र वेदीमा सेवा गर्न चुनें। अनि वेदीमा जलाइने बलिको एक हिस्‍सा आफूसित लिने अधिकार तिनीहरूलाई दिएँ। त अब किन तैँले मेरा मानिसहरूबाट मैले चाहेका बलि र भेटीहरूलाई लोभले हेर्छस्? एली, किन तेरा छोराहरूलाई मैले आफ्‍ना मानिसहरूबाट चाहेका बलिका सबैभन्दा असल हिस्‍सा खाएर मोटाउन दिएर तैँले मलाई भन्दा तिनीहरूलाई बढ्ता आदर दिन्‍छस्?

शेयर गर्नुहोस्
१ शमूएल 2 पढ्नुहोस्

१ शमूएल 2:27-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब परमेश्‍वरका एक जना दास एलीकहाँ आएर उनलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘के मैले आफूलाई तेरा पिताको घरानाकहाँ मिश्रमा तिनीहरू फारोको दासत्‍वमा हुँदा प्रकट गरेको थिइनँ? मैले इस्राएलका सबै कुलहरूमध्‍ये तेरा पितालाई मेरो पूजाहारी हुन, मेरो वेदीका खुट्‌किलामा उक्‍लन धूप बाल्‍न र मेरो सामु एपोद लगाउन छानें। इस्राएलका सबै अन्‍न-बलि तेरा पिताका घरानाको निम्‍ति अलग पनि गरिदिएँ। किन तिमीहरू मैले आदेश दिएका मेरो वासस्‍थानको निम्‍ति बलिदानहरू र भेटीहरूलाई अनादर गर्छौ? तैंले मेरो प्रजा इस्राएलले चढ़ाएका सबै बलिदानको असल भागलाई आफ्‍नो निम्‍ति राखी किन तँ तेरा छोराहरूलाई मलाई भन्‍दा बढ़ी सम्‍मान गर्छस्‌?’