YouVersion लोगो
खोज आइकन

१ राजा 19:3-12

१ राजा 19:3-12 सरल नेपाली

एलिया डराए र प्राण जोगाउन भागे। आफ्‍नो चाकरसँग उनी यहूदाको बेर्शेबामा गए। चाकरलाई त्‍यहीं छोडिराखेर एलिया दिनभरि हिंडेर उजाड-स्‍थानभित्र गए। त्‍यहाँ पुगी उनी अडिए, एउटा रूखको छायामुनि बसे र म मरे पनि हुन्‍थ्‍यो भनी सोच्‍न लागे। “अति भो, परमप्रभु, मेरो प्राण लिनुहोस्, म मर्नु नै असल हुन्‍छ,” उनले प्रार्थना गरे!” त्‍यही रूखमुनि उनी ढल्‍के र निदाए। अचानक एउटा स्‍वर्गदूतले उनलाई छोएर भने, “उठ र खाऊ।” उनले चारैपट्टि हेरे र आफ्‍नो शिरनिर एउटा रोटी र एक सुराही पानी देखे। उनले खाए, पिए र फेरि सुते। परमप्रभुको दूत फेरि फर्किआए र दोस्रो पल्‍ट उनलाई यसो भन्‍दै उठाए, “उठेर खाऊ नत्र तिमीलाई यात्रा गर्न कठिन पर्नेछ।” एलिया उठे, खाए, पिए र त्‍यस भोजनले उनलाई पवित्र पर्वत सीनैसम्‍म पुग्‍ने र त्‍यसको लागि चालीस दिन र चालीस रात हिंड्‍ने बल दियो। त्‍यहाँ उनी एउटा ओडारभित्र पसे र त्‍यहीँ रात बिताए। अचानक परमप्रभुले उनलाई भन्‍नुभयो, “एलिया, तँ यहाँ के गर्दै छस्?” उनले उत्तर दिए, “परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, मैले सधैँ तपाईंको, केवल तपाईंको सेवा जोशको साथ गरेको छु। तर इस्राएलका मानिसहरूले तपाईंसित बाँधेका करार तोडे, तपाईंका वेदीहरू भत्‍काए र तपाईंका सबै अगमवक्ताहरूलाई मारे। म एक जना मात्र बाँचेको छु र तिनीहरू मलाई मार्ने कोसिसमा छन्।” “बाहिर गएर पर्वतको टुप्‍पामा मेरो सामु उभी,” परमप्रभुले उनलाई भन्‍नुभयो। तब परमप्रभु त्‍यहाँबाट भएर जानुभयो र एउटा प्रचण्‍ड बतास पठाउनुभयो। त्‍यसले डाँडाहरू चिर्‍यो र चट्टानहरू टुक्रा-टुक्रा पार्‍यो, तर बतासमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। बतास थामियो र त्‍यसपछि भूइँचालो गयो तर भूइँचालोमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। भूइँचालोपछि आगो आयो तर परमप्रभु आगोमा हुनुहुन्‍नथ्‍यो। आगोपछि एउटा सानो मधुर आवाज आयो।

१ राजा 19 पढ्नुहोस्