बिहे नगर्नेहरूका बारेमा मलाई प्रभुबाट कुनै आज्ञा मिलेको छैन। तर मैले प्रभुको दया पाएको हुँदा म भरपर्दो भई तिमीहरूलाई सल्लाह दिन्छु। अहिलेको दु:खलाई विचार गर्दा जस्तो छौ, त्यस्तै बस्नु राम्रो होला। बिहे गरेर बाँधिएका छौ? त्यसो हो भने छुट्टिने कोसिस नगर। बिहे नै गरेका छैनौ भने विवाहको बन्धनमा पर्न नखोज। तिमीहरूले बिहे गर्यौ भने पनि पाप त लाग्दैन। त्यसै गरी बिहे नगरेका स्त्रीलाई पनि बिहे गर्दा पाप लाग्दैन। तर बिहे गर्नेहरूलाई यस संसारमा झन्झट हुन्छ अनि तिमीहरूलाई त्यसबाट जोगाउन चाहन्छु। भाइहरू, म तिमीहरूलाई भन्दछु, समय छैन। अबदेखि स्वास्नी हुने नहुनेजस्तै होस्। रुनेले अब अफसोस मानेको जस्तो नहोस्, हाँस्नेले खुसी भएको जस्तो नहोस्। किनेर ल्याएको पनि आफ्नो जस्तो नहोस्। चीजबीज व्यापार गर्ने नगर्नेजस्तै होस् किनभने यो संसार अब धेरै बेर रहनेछैन। म तिमीहरू झन्झटबाट मुक्त भएको चाहन्छु। बिहे नगरेको मान्छेले कसरी प्रभुलाई खुसी पारूँ भनेर काममा ध्यान दिन्छ। बिहे गरेको मान्छेले कसरी जहानलाई खुसी पारूँ भनेर संसारकै कुरामा ध्यान दिन्छ अनि उसको मन दुईतिर बाँडिएको हुन्छ। त्यसैगरी बिहे नगरेकी केटीले शरीर, आत्मा प्रभुकै होस् भनेर प्रभुको काममा ध्यान दिन्छे, तर बिहे गर्ने स्त्रीले कसरी लोग्नेलाई खुसी पारूँ भनी संसारका कुरामा ध्यान दिन्छे। म यो कुरा तिमीहरूकै भलाइको लागि भन्दै छु। मैले तिमीहरूलाई नियमहरूले बाँधेको होइनँ। तर राम्रो होस् र तिमीहरूको मन पूरासँग प्रभुमा लागोस् भन्न खोजेको हुँ।
१ कोरिन्थी 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 7:25-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू