परमेश्वरको अनुग्रहले गर्दा मैले सिपालु मूल कर्मीले झैँ जग हाल्न पाएँ, अनि अरूले चाहिँ यसमाथि घर बनाउँदछन्। घर बनाउने हरेकले कसरी बनाउनुपर्ने हो, राम्ररी होश राख्नुपर्छ किनभने परमेश्वरले हाल्नुभएको एउटै जग येशू ख्रीष्ट नै हुनुहुन्छ। कसैले अरू कुनै जग हाल्न सक्तैन। यसै जगमाथि कसैले सुन-चाँदी वा धेरै-धेरै मोल पर्ने रत्नहरू हालेर बनाउँदैजालान्। कतिले चाहिँ काठ, खर वा परालले यो घर बनाउलान्। सबै मानिसको राम्रो-नराम्रो काम परमेश्वरले न्याय गर्नुहुने दिनमा जाँचिनेछ किनभने त्यस दिन तिनीहरूले गरेको काम कस्तो रहेछ, आगोमा हालेर जाँचेर हेरिनेछ। त्यस जगमा बनाउने मानिसको काम आगोमा हाल्दा खरानी भएन भने उसले इनाम पाउनेछ। यदि कोही मानिसको काम जल्यो भने उसले त्यो गुमाउनेछ तर आगोबाट उम्केझैँ ऊ आफैं त बचाइनेछ। तिमीहरू परमेश्वरका मन्दिर हौ अनि परमेश्वरका आत्मा नै तिमीहरूभित्र बस्नुहुन्छ। के यो कुरा तिमीहरूलाई थाहा छैन? यदि कसैले परमेश्वरको मन्दिर बिगार्छ भने परमेश्वरले नै उसलाई नाश गर्नुहुनेछ किनभने परमेश्वरको मन्दिर पवित्र छ अनि त्यो मन्दिरचाहिँ तिमीहरू नै हौ। कसैले आफैंलाई धोखा नदेओस्। तिमीहरूका बीचमा कोही यस युगको जान्ने ज्ञानी छु भन्ने सोच्दछ भने ऊ साँचो रूपले ज्ञानी हुन मूर्ख बनोस् किनभने संसारको ज्ञान परमेश्वरको अगाडि मूर्ख कुरा हो। धर्मशास्त्रमा लेखिएको छ, “परमेश्वरले ती ज्ञानी मानिसहरूलाई उनीहरूको चलाकीपनमा नै पक्रिनुहुन्छ।” फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्छ, “ज्ञानीहरूको विचार काम लाग्नेछैन भनी प्रभुलाई थाहा छ।” त्यसो हुँदा कसैले मानिसले गर्न सक्ने काममा घमण्ड नगरोस्। खासमा सबै कुरा तिमीहरूकै हुन्, पावल, अपोल्लोस र पत्रुस, संसार, जीवन र मृत्यु, अहिलेको समय, पछिको समय सबै तिमीहरूकै हुन् र तिमीहरूचाहिँ ख्रीष्टका अनि ख्रीष्टचाहिँ परमेश्वरका हुनुहुन्छ।
१ कोरिन्थी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 3:10-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू