अब मैले भन्ने कुरामा म तिमीहरूलाई सर्काउन सक्तिनँ। तिमीहरूले मण्डलीमा भेला हुँदा जे गर्छौ, त्यो राम्रोभन्दा धेरै नराम्रो गरेका छौ। पहिलो कुरो, तिमीहरू सभामा भेला हुँदा तिमीहरूका माझमा फाटो हुन्छ भन्ने सुन्दछु, केही अंशमा साँचो पनि होला। साँचो मानिस चिनिनलाई फाटो त हुनै पनि पर्छ। तिमीहरू भेला हुँदा प्रभुको भोज खानलाई भेला हुँदारहेछौ किनभने आफ्नै सुरमा तिमीहरू आफूले ल्याएका खानेकुरो खान लाग्छौ, नहुनेचाहिँ भोकै हुन्छन् र हुनेचाहिँ मात्छन्। तिमीहरूले आफ्नै घरमा खाँदा हुँदैन र? कि तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ सम्झन्छौ? अनि नहुनेलाई लाजमा पार्न खोज्छौ? यस बारेमा तिमीहरूलाई मैले के भन्ने? यसमा के म तिमीहरूले राम्रो गर्यौ भनूँ? अँहँ, म राम्रो गर्यौ भन्नै सक्तिनँ। किनभने मैले दिएको यो शिक्षा प्रभुबाटै पाएको हुँ। प्रभु येशू पक्राउ पर्नुभएको रातमा उहाँले रोटी लिनुभयो अनि परमेश्वरलाई धन्यवाद दिएर टुक्र्याउँदै भन्नुभयो, “तिमीहरूका लागि दिएको यो मेरो शरीर हो, मेरो सम्झनाको लागि यसै गर्ने गर’। त्यसै गरी रोटी खाएपछि कचौरा लिएर भन्नुभयो, ‘यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जति खेर तिमीहरू यो पिउँछौ, मेरो सम्झनाको लागि यसै गर्ने गर’।” यसरी तिमीहरू रोटी खाँदा र यो कचौराबाट पिउँदा प्रभु नआउञ्जेलसम्म उहाँको मृत्युको प्रचार गर्नेछौ। यसैकारण ज-जसले बेठीकसँग प्रभुको रोटी खान्छ र उहाँको कचौराबाट पिउँछ, उनीहरू प्रभुको शरीर र रगतको दोषी हुनेछन्। हरेकले आफूलाई पहिले जाँचोस् र त्यसपछि रोटी खाओस् र कचौराबाट पिओस् किनभने खाने र पिउने मानिसले प्रभुको शरीरको बारेमा नबुझी खान्छ र पिउँछ भने आफैंमाथि सजाय ल्याउँछ। यसैले तिमीहरूमा धेरै जना कमजोर छौ अनि कत्ति त मरे पनि। यदि पहिले नै आफैंलाई ठीकसँग जाँच्यौ भने परमेश्वरले दोषी ठहराउनुहुनेछैन। संसारका मानिसहरूसँगै नाश नहौं भनेर हामीलाई प्रभुले न्याय गर्नुहुन्छ र ताडना दिनुहुन्छ। यसैकारण प्यारा भाइहरू, तिमीहरू यसरी प्रभुको भोज खान भेला हुँदा एक-अर्कालाई पर्ख। कोही भोकाएको छ भने उसले घरमै खाओस् र प्रभुको भोज खाँदा तिमीहरूले परमेश्वरबाट दोषी ठहरिनुनपरोस्। अरू कुराको बारेमा चाहिँ म आएको बेला नै मिलाउनेछु।
१ कोरिन्थी 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 11:17-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू