१ कोरिन्थी 11:17-34
१ कोरिन्थी 11:17-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यी आदेश दिँदा म तिमीहरूको तारिफ गर्दिनँ, किनकि तिमीहरू भेला हुँदा त्यो असलको निम्ति हुँदैन, तर त्यो अझ खराबीको निम्ति हुन्छ। किनकि पहिले त, मण्डलीमा एकसाथ भेला हुँदा तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्दछु। अनि केही मात्रामा म त्यो विश्वास पनि गर्दछु। तिमीहरूमध्ये ग्रहणयोग्य ठहरिएकाहरू चिनिनलाई तिमीहरूमा मतभेद हुनु पनि आवश्यक नै छ। जब तिमीहरू एकसाथ भेला भएर खानपान गर्छौ त्यो चाहिँ प्रभु-भोज होइन। किनकि खान बस्दा हरेकले आफ्नो भोजन खान थाल्छ, र कोही भोकै रहन्छ, अनि कोहीचाहिँ मद्यले मातेको हुन्छ। के खान र पिउनलाई के तिमीहरूका आ-आफ्ना घर छैनन् र? अथवा के तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ र केही नहुनेहरूको अपमान गर्दछौ? म तिमीहरूलाई के भनूँ? के यसको निम्ति म तिमीहरूको तारिफ गरूँ? म कदाचित् तारिफ गर्दिनँ। किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्पी पनि दिएँ, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो, त्यो रात प्रभु येशूले रोटी लिनुभयो, र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्नुभयो, “यो तिमीहरूका निम्ति मेरो शरीर हो। यो मेरो सम्झनाको निम्ति गर।” त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर।” किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ। यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ, कि प्रभुको कचौराबाट पिउँछ, त्यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्याएकोमा दोषी ठहरिनेछ। हरेक मानिसले आफूलाई जाँचोस्, अनि मात्र त्यसले रोटी खाओस्, र कचौराबाट पिओस्। किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्छ र पिउँछ त्यसले त्यो खाएको र पिएको कारणले आफूमाथि दण्ड ल्याउनेछ। यसैकारण तिमीहरूमध्ये धेरै जना दुर्बल र रोगी छौ, र कति जनाचाहिँ सुतिसकेका छन्। तर हामी साँच्चै आफैले आफैलाई जाँचेका छौं भने हामी न्यायमा पर्नेछैनौं। तर जब प्रभुले हाम्रो न्याय गर्नुहुन्छ, तब हामीलाई अनुशासन गर्नुहुन्छ, ताकि संसारसँग हामी दोषी नठहरिऔं। यसकारण मेरा भाइ हो, खानलाई एकसाथ भेला हुँदा एक दोस्रालाई पर्ख। यदि कोही भोको छ भने त्यसले घरैमा खाओस्, नत्रता एकसाथ भेला हुँदा तिमीहरू दण्डको भागी हुनेछौ। अरू कुराहरूका विषयमा म आउँदा निर्देशन दिनेछु।

१ कोरिन्थी 11:17-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यी तलका आदेशहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ; किनकि तिमीहरू आराधना सभाहरूमा असलभन्दा पनि अझ खराबीको लागि भेला हुन्छौ। पहिलो कुरा यो हो, कि जब तिमीहरू मण्डलीमा एकसाथ भेला हुन्छौ, तब तिमीहरूका बीचमा विभाजन छ भनी मैले सुन्ने गरेको छु; अनि म यस कुरालाई केही मात्रामा विश्वास पनि गर्दछु। वास्तवमा तिमीहरूका बीचमा मतभेद हुन जरुरी पनि छ, ताकि तिमीहरूमध्ये विश्वासयोग्य मानिसहरू चिनिन सकियोस्। यसकारण जब तिमीहरू भेला हुन्छौ, तब तिमीहरूले प्रभुभोज खाएका हुँदैनौ; किनकि जब खाना खाने बेला हुन्छ, तब तिमीहरू कति जना अरूलाई नपर्खी आफ्नो निजी खानेकुरा खान थाल्छौ; र कोहीचाहिँ भोकै रहन्छ भने कोहीचाहिँ मद्यले मात्छन्। खान र पिउनका लागि के तिमीहरूका आफ्नै घर छैनन् र? अर्थात् के तिमीहरूले केही नहुनेहरूको अपमान गरेर परमेश्वरको मण्डलीलाई तुच्छ तुल्याउँछौ? म तिमीहरूलाई के भनूँ? के यसको लागि म तिमीहरूको प्रशंसा गरूँ? निश्चय नै यो कुरामा गर्दिनँ! किनकि मैले प्रभुबाट जे पाएँ, त्यो तिमीहरूलाई सुम्पि पनि दिएँ: अर्थात् जुन रात येशूलाई धोका दिइएको थियो, त्यो रात उहाँले रोटी लिनुभयो, र उहाँले धन्यवाद दिएर त्यो भाँच्नुभयो र भन्नुभयो, “यो मेरो शरीर हो, जुनचाहिँ तिमीहरूका निम्ति हो; मेरो सम्झनामा यो गर्ने गर।” त्यसै गरी रोटी खाइसक्नुभएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो; जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो गर्ने गर।” किनकि जहिले-जहिले तिमीहरूले यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, तब तिमीहरूले प्रभु नआउन्जेल उहाँको मृत्युको प्रचार गर्दछौ। यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ वा प्रभुको कचौराबाट पिउँछ, त्यो प्रभुको शरीर र उहाँको रगतलाई अपवित्र पारिएकोमा दोषी ठहरिनेछ। यसैले हरेकले रोटी खान र कचौराबाट पिउन अगि आफैँलाई जाँचोस्। किनकि जसले ख्रीष्टको शरीरलाई नचिनिकन खान्छ र पिउँछ, त्यसले आफ्नो विरुद्ध दण्ड ल्याउँछ। यसैले तिमीहरूमध्ये धेरै जना कमजोर र रोगी छौ, र तिमीहरूमध्ये कति जना त सुतिसकेका छन्। तर यदि हामीले आफैँलाई जाँचेका छौँ भने हामी त्यस्तो दण्डमा पर्नेछैनौँ। तथापि जब हामी प्रभुद्वारा यसरी न्याय गरिनेछौँ, तब उहाँले हामीलाई अनुशासित गर्नुहुन्छ, ताकि हामी संसारसँग दोषी नठहरिऔँ। यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, जब तिमीहरू खानका निम्ति एकसाथ भेला हुन्छौ, तब एक-अर्कालाई पर्खेर सबैले एकैसाथ खाने गर। यदि कोही भोको छ भने घरबाटै उसले केही खानेकुरा खाएर आओस्, नत्रता न्यायका निम्ति तिमीहरू एकसाथ भेला हुनेछौ। अनि अरू कुराहरूका बारेमा चाहिँ म तिमीहरूकहाँ आएको बेला नै मिलाउनेछु।
१ कोरिन्थी 11:17-34 पवित्र बाइबल (NERV)
अब यी विषयहरूमा म तिमीहरूलाई भन्छु, तिमीहरूको प्रशंसा गर्दिन। तिमीहरूका सभाले सहायता भन्दा तिमीहरूलाई खति नै गर्छ। पहिलो कुरो त, म सुन्दैछु कि मण्डलीमा जब तिमीहरू भेला हुँदछौ तिमीहरू बाँडिन्छौ। अनि केही अंशमा म यस कुरालाई पत्याउँछु। तिमीहरूको बीचमा फाटो आउनु आवश्यक छ, त्यसले तिमीहरू मध्ये को चाँहि वास्तविक विश्वासी हो थाहा हुन्छ। जब तिमीहरू सबै एकत्र हुन्छौ तिमीहरूले वास्तवमा प्रभुको भोज खाइरहेका हुँदैनौ। किनभने जब तिमीहरू खान्छौ एउटाले अर्कालाई नपर्खी खान्छौ। कतिले अलिकति पनि खानै वा पिउनै नपाई कति चाँहि टन्न भइसक्छन्। तिमीहरू आफ्नै घरमा खान अनि पिउन सक्छौ! यस्तो लाग्छ, तिमीहरू सोच्छौ कि परमेश्वरको मण्डली महत्वहीन छ। जो गरीब छ तिनलाई तिमीहरू शरममा पार्दछौ। म के भनुँ? म तिमीहरूको प्रशंसा गर्दिन। तिमीहरूलाई म त्यही शिक्षा दिंदैछु जुन मैले प्रभुबाट पाएँ त्यो रात जब येशू पक्राउ पर्नुभयो, उहाँले रोटी लिनुभयो। र त्यसको निम्ति धन्यवाद दिनुभयो। अनि उहाँले रोटी भाँच्नु भयो र भन्नुभयो, “यो मेरो शरीर हो, यो तिमीहरूकोलागि हो। यो मेरो समझना को निम्ति गर।” उसरी नै उनीहरूले खाए पछि येशूले दाखरसको कचौरा लिनुभयो। येशूले भन्नुभयो, “यो दाखरस परमेश्वरबाट आफ्ना मानिसलाई नयाँ करार हो। यो नयाँ करार मेरो रगतसित शुरू हुँदछ। जहिले पनि तिमीहरू यो पिउँछौ मेरो सम्झनामा गर्ने गर।” जब-जब तिमीहरू यो रोटी खाँदछौ र यो कचौराबाट पिउँदछौ उहाँ नआउन्जेल प्रभुको मृत्युको घोषणा गर्दछौ। त्यसैकारण कसैले अयोग्य रीतिले रोटी खान्छ वा कचौराबाट पिउँछ भने, उसले प्रभुको शरीर र रगतको विरुद्ध पाप गर्छ। हरेकले रोटी खान र कचौराबाट पिउन अघि आफ्नो हृदय जाँच्नु पर्छ। यदि कसैले त्यो प्रभुको शरीर हो भन्ने नचिनी रोटी खायो र कचौराबाट पियो भने उसको ख्वाई र पियाईले आफैंमा न्यायाकोलागि दण्ड निम्त्याउछ। त्यसै कारणले तिमीहरूका समाजमा धेरैजना रोगी औ कमजोरीहरू छन् र कति मरेर गए तर हामीले आफैंलाई ठीकसित जाँच्यौं भने परमेश्वरले हामीलाई जाँच्न हुँदैन। तर जब प्रभूले हामीलाई जाँच्नु हुन्छ उहाँले सही मार्ग प्रदर्शनको लागि हामीलाई अनुशासित गराउनु हुन्छ ताकि यो संसारका अरू मानिसहरू सरह तिमीहरूलाई दण्ड नहोस् भनी उहाँले यसो गर्नु हुन्छ। यसैले मेरा दाज्यू-भाइ, दिदी-बाहिनीहरू हो, जब तिमीहरू खानका निम्ति भेला हुन्छौ एका-अर्कालाई पर्ख। कोही भोकाएको छ भने आफ्नै घरमै खाओस्। यसै गर जसमा कि तिमीहरूको जमघटले तिमीहरूमाथि नै परमेश्वरको दण्ड ननिम्त्याओस्। अरू कुराहरू बारे के कसो गर्नु त्यो म जब आउँछु, भन्नेछु।
१ कोरिन्थी 11:17-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब मैले भन्ने कुरामा म तिमीहरूलाई सर्काउन सक्तिनँ। तिमीहरूले मण्डलीमा भेला हुँदा जे गर्छौ, त्यो राम्रोभन्दा धेरै नराम्रो गरेका छौ। पहिलो कुरो, तिमीहरू सभामा भेला हुँदा तिमीहरूका माझमा फाटो हुन्छ भन्ने सुन्दछु, केही अंशमा साँचो पनि होला। साँचो मानिस चिनिनलाई फाटो त हुनै पनि पर्छ। तिमीहरू भेला हुँदा प्रभुको भोज खानलाई भेला हुँदारहेछौ किनभने आफ्नै सुरमा तिमीहरू आफूले ल्याएका खानेकुरो खान लाग्छौ, नहुनेचाहिँ भोकै हुन्छन् र हुनेचाहिँ मात्छन्। तिमीहरूले आफ्नै घरमा खाँदा हुँदैन र? कि तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ सम्झन्छौ? अनि नहुनेलाई लाजमा पार्न खोज्छौ? यस बारेमा तिमीहरूलाई मैले के भन्ने? यसमा के म तिमीहरूले राम्रो गर्यौ भनूँ? अँहँ, म राम्रो गर्यौ भन्नै सक्तिनँ। किनभने मैले दिएको यो शिक्षा प्रभुबाटै पाएको हुँ। प्रभु येशू पक्राउ पर्नुभएको रातमा उहाँले रोटी लिनुभयो अनि परमेश्वरलाई धन्यवाद दिएर टुक्र्याउँदै भन्नुभयो, “तिमीहरूका लागि दिएको यो मेरो शरीर हो, मेरो सम्झनाको लागि यसै गर्ने गर’। त्यसै गरी रोटी खाएपछि कचौरा लिएर भन्नुभयो, ‘यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जति खेर तिमीहरू यो पिउँछौ, मेरो सम्झनाको लागि यसै गर्ने गर’।” यसरी तिमीहरू रोटी खाँदा र यो कचौराबाट पिउँदा प्रभु नआउञ्जेलसम्म उहाँको मृत्युको प्रचार गर्नेछौ। यसैकारण ज-जसले बेठीकसँग प्रभुको रोटी खान्छ र उहाँको कचौराबाट पिउँछ, उनीहरू प्रभुको शरीर र रगतको दोषी हुनेछन्। हरेकले आफूलाई पहिले जाँचोस् र त्यसपछि रोटी खाओस् र कचौराबाट पिओस् किनभने खाने र पिउने मानिसले प्रभुको शरीरको बारेमा नबुझी खान्छ र पिउँछ भने आफैंमाथि सजाय ल्याउँछ। यसैले तिमीहरूमा धेरै जना कमजोर छौ अनि कत्ति त मरे पनि। यदि पहिले नै आफैंलाई ठीकसँग जाँच्यौ भने परमेश्वरले दोषी ठहराउनुहुनेछैन। संसारका मानिसहरूसँगै नाश नहौं भनेर हामीलाई प्रभुले न्याय गर्नुहुन्छ र ताडना दिनुहुन्छ। यसैकारण प्यारा भाइहरू, तिमीहरू यसरी प्रभुको भोज खान भेला हुँदा एक-अर्कालाई पर्ख। कोही भोकाएको छ भने उसले घरमै खाओस् र प्रभुको भोज खाँदा तिमीहरूले परमेश्वरबाट दोषी ठहरिनुनपरोस्। अरू कुराको बारेमा चाहिँ म आएको बेला नै मिलाउनेछु।