त्यसपछि मैले स्वर्गबाट एउटा ठूलो भीड़ले चर्को सोरमा यसो भनिरहेको जस्तो सुनें, “हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्, किनकि उहाँका इन्साफ सत्य र न्यायसङ्गत छन्। सारा पृथ्वीलाई आफ्नो व्यभिचारले भ्रष्ट पार्ने त्यस महा वेश्यालाई उहाँले दण्ड दिनुभएको छ, र उहाँका दासहरूका रगतको बदला लिइसक्नुभएको छ।” तिनीहरूले फेरि एक पल्ट उच्च सोरले भने, “हल्लेलूयाह! त्यो महानगरी जलेको धूवाँ सदासर्वदा मास्तिर गइरहन्छ।” अनि ती चौबीसै धर्म-गुरु र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएको परमेश्वरलाई यसो भनेर दण्डवत् गरे, “आमेन, हल्लेलूयाह!” तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो, “हाम्रा परमेश्वरको प्रशंसा गर, उहाँका सबै दास हो, तिमीहरू साना र ठूला जसले उहाँको भय मान्दछौ।” त्यसपछि एउटा ठूलो भीड़को सोरजस्तो मैले सुनें, उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्तो मैले सुनें, जसले यसो भनिरहेको थियो: “हल्लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्वर सर्वशक्तिमान्ले राज्य गर्नुहुन्छ। हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन्। चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन्। अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन्।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन्।” अनि तिनलाई दण्डवत् गर्न म तिनको पाउमा घोप्टो परें। तर तिनले मलाई भने, “तिमीले मलाई यसो गर्नुहुँदैन। म येशूको गवाही कायम राख्ने तिम्रा भाइहरूको र तिम्रो सङ्गी-दास मात्र हुँ। परमेश्वरलाई दण्डवत् गर! किनकि येशूको गवाही अगमवाणीको आत्मा हो।
प्रकाश 19 पढ्नुहोस्
सुन्नुहोस् प्रकाश 19
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 19:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू