YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 94:12-23

भजनसंग्रह 94:12-23 NNRV

हे परमप्रभु, त्‍यो मानिस धन्‍यको हो, जसलाई तपाईंले ताड़ना दिनुहुन्‍छ, र आफ्‍नो व्‍यवस्‍थाबाट सिकाउनुहुन्‍छ। त्‍यसलाई दु:खको दिनमा तबसम्‍म चैन दिनुहुन्‍छ, जबसम्‍म दुष्‍टहरूका निम्‍ति खाड़ल खनिँदैन। किनकि परमप्रभुले आफ्‍नो प्रजालाई फ्‍याँक्‍नुहुन्‍न, उहाँले आफ्‍नो निज उत्तराधिकारका मानिसहरूलाई त्‍याग्‍नुहुनेछैन। इन्‍साफ फेरि धार्मिकताको आधारमा गरिनेछ, र सबै सोझो मन भएकाहरू त्‍यसको पछि लाग्‍नेछन्‌। दुष्‍टहरूका विरुद्धमा मसँग को खड़ा हुनेछ? अधर्म गर्नेहरूका विरुद्धमा मेरो पक्षमा को उठ्‌नेछ? परमप्रभु मेरा सहायक नहुनुहुँदो हो त, मेरो प्राण अघि नै मृत्‍युको शून्‍यतामा वास गरिसक्‍नेथियो। “मेरो खुट्टा चिप्‍लिरहेछ” भनी जब मैले भनें, तब तपाईंको प्रेमले मलाई थाम्‍यो, हे परमप्रभु। जब मेरो मनमा ज्‍यादा फिक्री भयो, तपाईंको सान्‍त्‍वनाले मेरो प्राणलाई आनन्‍दित तुल्‍यायो। के दुष्‍ट शासकहरू तपाईंसँग मिल्‍न सक्‍छन्‌, जसले आफ्‍ना ऐनद्वारा विपद्‌ ल्‍याउँछन्‌? तिनीहरू धर्मीहरूका विरुद्धमा गठबन्‍धन गर्छन्‌, र निर्दोषलाई मृत्‍युदण्‍ड दिन्‍छन्‌। तर परमप्रभु मेरो गढ़ हुनुभएको छ, र मेरा परमेश्‍वर मेरो शरणस्‍थानको चट्टान हुनुभएको छ। उहाँले तिनीहरूका पाप तिनीहरूमाथि खन्‍याइदिनुहुनेछ, र तिनीहरूका दुष्‍टताको निम्‍ति तिनीहरूलाई नाश गर्नुहुनेछ, परमप्रभु हाम्रा परमेश्‍वरले तिनीहरूलाई नाश गर्नुहुन्‍छ।