YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:21-25

भजनसंग्रह 78:21-25 NNRV

जब परमप्रभुले तिनीहरूका कुरा सुन्‍नुभयो, तब उहाँ साह्रै क्रोधित हुनुभयो, र याकूबको विरुद्धमा उहाँको आगो सल्‍क्‍यो, र इस्राएलको विरुद्ध उहाँको क्रोध दन्‍क्‍यो, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेनन्‌, र उहाँको उद्धारमा भरोसा राखेनन्‌। तापनि उहाँले माथि आकाशलाई हुकुम दिनुभयो, र स्‍वर्गका ढोकाहरू खोलिदिनुभयो। उहाँले मानिसहरूका निम्‍ति खानलाई मन्‍न बर्साउनुभयो, तिनीहरूलाई स्‍वर्गको अन्‍न दिनुभयो। मानिसहरूले स्‍वर्गदूतहरूको रोटी खाए। परमेश्‍वरले तिनीहरूलाई मनग्‍गे खानेकुरा दिनुभयो।