अनि मैले सोचें, “यस कुरामा म अपिल गर्छु: सर्वोच्चको दाहिने बाहुलीका वर्षहरू।” परमप्रभुका कार्यहरूको म स्मरण गर्नेछु, निश्चय नै तादिका तपाईंका आश्चर्यकर्महरू म सम्झनेछु। म तपाईंका सबै कामहरूमाथि मनन गर्नेछु, र तपाईंका सबै शक्तिशाली कार्यहरूमाथि चिन्तन गर्नेछु। हे परमेश्वर, तपाईंका मार्ग पवित्र छन्, हाम्रा परमेश्वरझैँ महान् देव अरू को छ? तपाईं आश्चर्य कामहरू गर्ने परमेश्वर हुनुहुन्छ, तपाईं आफ्नो सामर्थ्य मानिसहरूका बीचमा प्रकट गर्नुहुन्छ। तपाईंले आफ्नो बाहुलीको शक्तिले आफ्ना मानिसहरूलाई उद्धार गर्नुभयो, याकूब र योसेफका सन्तानहरूलाई। सेला हे परमेश्वर, समुद्रको पानीले तपाईंलाई देख्यो, जब पानीले तपाईंलाई देख्यो, त्यो मड़ारियो। अथाह सागर कम्पायमान भयो। बादलहरूले पानी खन्याए, आकाशमा भयङ्कर रूपले गर्जन लाग्यो, तपाईंका बाणहरू चारैतिर चम्कन लागे। तपाईंको गर्जन आँधीबेहरीमा सुनियो, तपाईंको बिजुलीले संसारलाई आलोकित पारिदियो, पृथ्वी कम्पित भएर हल्लियो। तपाईंको बाटो समुद्र भएर गयो, र तपाईंको पथ महासमुद्रको बीचमा थियो, यद्यपि तपाईंका पाइलाहरू देखिएनन्। मोशा र हारूनका हातद्वारा तपाईंले आफ्नो प्रजालाई भेड़ाको एउटा बगाललाई जस्तै डोर्याउनुभयो।
भजनसंग्रह 77 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 77
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 77:10-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू