तब मैले भनें, “अब परमेश्वरमा सामर्थ्य नै रहेनछ भन्ने कुराले मलाई सबैभन्दा दु:ख दिन्छ।” हे परमप्रभु! म तपाईंका महान् कार्यहरू सम्झनेछु, बितेका समयमा तपाईंले गर्नुभएको आश्चर्य कामहरू याद गर्नेछु। तपाईंले गर्नुभएका सबै कुराबारे म सोच्नेछु, तपाईंका सबै सामर्थी कामहरूमा ध्यान गर्नेछु। हे परमेश्वर! तपाईंले गर्नुभएको सबै काम पवित्र छन्, तपाईंजस्तो महान् परमेश्वर अरू कोही छैन। तपाईं आश्चर्यकर्म गर्नुहुने परमेश्वर हुनुहुन्छ, जाति-जातिको बीचमा तपाईंले आफ्ना सामर्थ्य देखाउनुभयो। आफ्ना शक्तिले तपाईंले आफ्ना प्रजालाई बचाउनुभयो, याकूब र योसेफका सन्तानलाई बचाउनुभयो। हे परमेश्वर! तपाईंलाई देखेर महासागरहरू डराए, समुद्रका गहिराइहरू हल्लिए। बादलले पानी बर्सायो; आकाशमा चट्याङ्ग पड्क्यो र चारैतिर बिजुली चम्क्यो। चट्याङ्गका गर्जन आकाशभरि फैलियो, बिजुली चम्केकाले चारैदिशा उज्यालो पार्यो, पृथ्वीमा भूइँचालो गयो र हल्लियो। पानीका भलमा हिँडेर तपाईंले गहिरो समुद्रपार गर्नुभयो, तर तपाईंका पैतालाका छाप कतै देखिएनन्। मोशा र हारूनलाई जिम्मा दिएर गोठालाले झैँ तपाईंले आफ्ना प्रजालाई डोर्याउनुभयो।
भजनसंग्रह 77 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 77:10-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू