भजनसंग्रह 77:10-20
भजनसंग्रह 77:10-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मैले सोचें, “यस कुरामा म अपिल गर्छु: सर्वोच्चको दाहिने बाहुलीका वर्षहरू।” परमप्रभुका कार्यहरूको म स्मरण गर्नेछु, निश्चय नै तादिका तपाईंका आश्चर्यकर्महरू म सम्झनेछु। म तपाईंका सबै कामहरूमाथि मनन गर्नेछु, र तपाईंका सबै शक्तिशाली कार्यहरूमाथि चिन्तन गर्नेछु। हे परमेश्वर, तपाईंका मार्ग पवित्र छन्, हाम्रा परमेश्वरझैँ महान् देव अरू को छ? तपाईं आश्चर्य कामहरू गर्ने परमेश्वर हुनुहुन्छ, तपाईं आफ्नो सामर्थ्य मानिसहरूका बीचमा प्रकट गर्नुहुन्छ। तपाईंले आफ्नो बाहुलीको शक्तिले आफ्ना मानिसहरूलाई उद्धार गर्नुभयो, याकूब र योसेफका सन्तानहरूलाई। सेला हे परमेश्वर, समुद्रको पानीले तपाईंलाई देख्यो, जब पानीले तपाईंलाई देख्यो, त्यो मड़ारियो। अथाह सागर कम्पायमान भयो। बादलहरूले पानी खन्याए, आकाशमा भयङ्कर रूपले गर्जन लाग्यो, तपाईंका बाणहरू चारैतिर चम्कन लागे। तपाईंको गर्जन आँधीबेहरीमा सुनियो, तपाईंको बिजुलीले संसारलाई आलोकित पारिदियो, पृथ्वी कम्पित भएर हल्लियो। तपाईंको बाटो समुद्र भएर गयो, र तपाईंको पथ महासमुद्रको बीचमा थियो, यद्यपि तपाईंका पाइलाहरू देखिएनन्। मोशा र हारूनका हातद्वारा तपाईंले आफ्नो प्रजालाई भेड़ाको एउटा बगाललाई जस्तै डोर्याउनुभयो।

भजनसंग्रह 77:10-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मैले सोचेँ, “मेरो पीडाको कारणचाहिँ सर्वोच्च परमेश्वरको दाहिने बाहुली परिवर्तन भएको छ।” म याहवेहका हातका कामहरू स्मरण गर्नेछु; हो, म बितेका समयहरूका तपाईंका अचम्मका कामहरू याद गर्नेछु। म तपाईंका सबै कामहरूलाई विचार गर्नेछु र तपाईंका सबै महान् कार्यहरूलाई मनन गर्नेछु। हे परमेश्वर, तपाईंका मार्गहरू पवित्र छन्; हाम्रा महान् परमेश्वरझैँ अरू देव को छ र? तपाईं अचम्मका कामहरू गर्ने परमेश्वर हुनुहुन्छ; तपाईंले आफ्नो शक्ति जाति-जातिहरूका बीच प्रकट गर्नुहुन्छ। तपाईंको शक्तिशाली बाहुलीले आफ्ना मानिसहरूलाई, याकोब र योसेफका सन्तानहरूलाई उद्धार गर्नुभयो। सेला हे परमेश्वर, समुद्रले तपाईंलाई देख्यो, सागरले तपाईंलाई देख्यो र डरायो; गहिरो महासागर डराएर काम्यो। बादलहरूले झरी बर्साए, आकाशमा चट्याङ गुन्ज्यो; तपाईंको बिजुली काँडहरू चारैतिर चम्के। तपाईंको चट्याङको गर्जन आँधीबेहरीमा सुनियो; तपाईंको चम्किलो बिजुलीले संसारलाई उज्यालो पारिदियो; पृथ्वी काम्यो र भुइँचालो गयो। तपाईंको मार्गले समुद्र भएर डोर्यायो; तपाईंको बाटो महासागरको बीचमा थियो, यद्यपि तपाईंका पाइलाका छापहरू देखिएनन्। तपाईंले आफ्ना मानिसहरूलाई भेडाका बथानलाई जस्तै मोशा र हारूनका हातद्वारा डोर्याउनुभयो।
भजनसंग्रह 77:10-20 पवित्र बाइबल (NERV)
तब मैले सोचें, “जुन कुराले मलाई सधैँ सताई रहन्छ त्यो होः ‘के सर्वशक्तिमान् परमेश्वरले आफ्नो शक्ति गुमाउनु भयो?’” म सम्झना गर्छु उहाँले कस्तो-कस्तो कार्य गर्नुभयो भनेर। परमेश्वर म ती आश्चर्यपूर्वक कुराहरू सम्झना गर्छु, जुन तपाईंले धेरै-धेरै अगाडि गर्नु भएको थियो। तपाईंले के गर्नु भएको थियो त्यो मैले सोचें। म तपाईंका सबै शक्तिशाली कार्यहरू सोच्दछु। परमेश्वर, तपाईंका बाटोहरू पवित्र छन्, तपाईं बाहेक कोही पनि महान् छैन। तपाईं परमेश्वर हुनुहुन्छ जसले अचम्मका कामहरू गर्नु हुन्छ। तपाईंले मानिसहरूलाई आफ्नो महान् शक्तिहरू देखाउनु भयो। तपाईंको शक्तिले मानिसहरूलाई बचाउनु भयो तपाईंले याकूब र यूसफका सन्तानहरूलाई बचाउनु भयो। परमेश्वर, पानीले तपाईंलाई देख्यो र भयभित भयो। गहिरो पानी भएका ठाउँहरू पनि डरले कामे। बाक्लो बादलहरूले पानी बर्षाए। मानिसहरूले डरलाग्दो उच्चबादलहरूमा बिजुली चम्केको देखें। त्यहाँ बिजुलीको गडगडाहट थियो, तब बिजुलीको चमक्ले संसार नै उज्यालो पार्यो, अनि पृथ्वी थर-थर काँप्न थाल्यो। परमेश्वर, तपाईं गहिरो पानी भएर हिँड्नु भयो, तपाईंले गहन समुद्र पार गर्नुभयो, तर तपाईंले कुनै छाप छोड्नु भएन। तपाईंले आफ्ना भक्तजनहरूलाई भेंडा सरह डोर्याउनँ, मोशा र हारूनलाई खटाउनु भयो।
भजनसंग्रह 77:10-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब मैले भनें, “अब परमेश्वरमा सामर्थ्य नै रहेनछ भन्ने कुराले मलाई सबैभन्दा दु:ख दिन्छ।” हे परमप्रभु! म तपाईंका महान् कार्यहरू सम्झनेछु, बितेका समयमा तपाईंले गर्नुभएको आश्चर्य कामहरू याद गर्नेछु। तपाईंले गर्नुभएका सबै कुराबारे म सोच्नेछु, तपाईंका सबै सामर्थी कामहरूमा ध्यान गर्नेछु। हे परमेश्वर! तपाईंले गर्नुभएको सबै काम पवित्र छन्, तपाईंजस्तो महान् परमेश्वर अरू कोही छैन। तपाईं आश्चर्यकर्म गर्नुहुने परमेश्वर हुनुहुन्छ, जाति-जातिको बीचमा तपाईंले आफ्ना सामर्थ्य देखाउनुभयो। आफ्ना शक्तिले तपाईंले आफ्ना प्रजालाई बचाउनुभयो, याकूब र योसेफका सन्तानलाई बचाउनुभयो। हे परमेश्वर! तपाईंलाई देखेर महासागरहरू डराए, समुद्रका गहिराइहरू हल्लिए। बादलले पानी बर्सायो; आकाशमा चट्याङ्ग पड्क्यो र चारैतिर बिजुली चम्क्यो। चट्याङ्गका गर्जन आकाशभरि फैलियो, बिजुली चम्केकाले चारैदिशा उज्यालो पार्यो, पृथ्वीमा भूइँचालो गयो र हल्लियो। पानीका भलमा हिँडेर तपाईंले गहिरो समुद्रपार गर्नुभयो, तर तपाईंका पैतालाका छाप कतै देखिएनन्। मोशा र हारूनलाई जिम्मा दिएर गोठालाले झैँ तपाईंले आफ्ना प्रजालाई डोर्याउनुभयो।