YouVersion लोगो
खोज आइकन

हितोपदेश 26:13-20

हितोपदेश 26:13-20 NNRV

अल्‍छेले भन्‍छ, “सड़कमा सिंह छ, डरलाग्‍दो सिंह गल्‍लीहरूमा डुलिरहेको छ!” ढोका आफ्‍नो कब्‍जामा यताउता फर्केझैँ अल्‍छे आफ्‍नो खाटमा पल्‍टन्‍छ। अल्‍छेले आफ्‍नो हात थालमा गाड्‌छ, र आफ्‍नो मुखसम्‍म पुर्‍याउन पनि त्‍यसलाई अल्‍छी लाग्‍छ। ढङ्ग मिलाएर जवाफ दिने सात जना मानिसभन्‍दा पनि अल्‍छे आफ्‍नै नजरमा बुद्धिमान्‌ बन्‍छ। आफूसँग असम्‍बन्‍धित झगड़ामा हस्‍तक्षेप गर्ने बटुवा, र कुकुरको कान पक्रने व्‍यक्ति एउटै हो। त्‍यो अगुल्‍टा वा घातक काँड़ हान्‍ने बौलाहाजस्‍तो हो, जसले आफ्‍नो छिमेकीलाई छल गरिसकेपछि भन्‍छ, “मैले त ख्‍यालख्‍याल मात्रै गरेको थिएँ!” दाउराविना आगो निभ्‍छ, कुरौटेविना खिचोला शान्‍त हुन्‍छ।