YouVersion लोगो
खोज आइकन

मर्कूस 9:22-25

मर्कूस 9:22-25 NNRV

यसलाई नाश गर्न त्‍यस आत्‍माले घरीघरी यसलाई आगो र पानीमा पनि फालेको छ। यदि तपाईंले केही गर्न सक्‍नुहुन्‍छ भने, दया गरी हामीलाई मद्दत गरिदिनुहोस्‌।” येशूले तिनलाई भन्‍नुभयो, “‘तपाईंले सक्‍नुहुन्‍छ!’ भनी के भनेको? विश्‍वास गर्नेको लागि त सबै कुरा सम्‍भव छ।” तब झट्टै केटाको बाबुले कराएर भने, “म विश्‍वास गर्दछु। मेरो अविश्‍वासमा मलाई सहायता गर्नुहोस्‌।” तब भीड एकसाथ दगुरी आएको देखेर उहाँले त्‍यस अशुद्ध आत्‍मालाई यसो भनेर हप्‍काउनुभयो, “ए गूँगो र बहिरो आत्‍मा, म तँलाई हुकुम गर्दछु, त्‍यसबाट निस्‍केर आइज, र फेरि कहिल्‍यै त्‍यसभित्र नपस्‌।”