YouVersion लोगो
खोज आइकन

मर्कूस 9:22-25

मर्कूस 9:22-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसलाई नाश गर्न त्‍यस आत्‍माले घरीघरी यसलाई आगो र पानीमा पनि फालेको छ। यदि तपाईंले केही गर्न सक्‍नुहुन्‍छ भने, दया गरी हामीलाई मद्दत गरिदिनुहोस्‌।” येशूले तिनलाई भन्‍नुभयो, “‘तपाईंले सक्‍नुहुन्‍छ!’ भनी के भनेको? विश्‍वास गर्नेको लागि त सबै कुरा सम्‍भव छ।” तब झट्टै केटाको बाबुले कराएर भने, “म विश्‍वास गर्दछु। मेरो अविश्‍वासमा मलाई सहायता गर्नुहोस्‌।” तब भीड एकसाथ दगुरी आएको देखेर उहाँले त्‍यस अशुद्ध आत्‍मालाई यसो भनेर हप्‍काउनुभयो, “ए गूँगो र बहिरो आत्‍मा, म तँलाई हुकुम गर्दछु, त्‍यसबाट निस्‍केर आइज, र फेरि कहिल्‍यै त्‍यसभित्र नपस्‌।”

शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्

मर्कूस 9:22-25 नेपाली समकालीन संस्करण (NCV)

त्यसले यसलाई मार्नलाई घरी-घरी पानीमा अथवा आगोमा फ्याँकिदिन्छ; यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया गरेर सहायता गर्नुहोस्।” अनि येशूले भन्‍नुभयो, “यदि तपाईंले ‘सक्नुहुन्छ भने’ भन्‍नुको अर्थ के हो? विश्‍वास गर्नेको लागि हरेक कुरा सम्भव हुन्छ।” तुरुन्तै त्यस केटाको बुबाले भने, “म विश्‍वास गर्दछु; मेरो अविश्‍वासमाथि विजय पाउन मलाई सहायता गर्नुहोस्!” जब येशूले त्यस ठाउँमा एउटा भीड दौडेर आइरहेको देख्नुभयो, उहाँले त्यस अशुद्ध आत्मालाई यसो भनेर हकार्नुभयो, “तँ कान नसुन्‍ने र लाटो आत्मा, म तँलाई त्यसबाट बाहिर आइज अनि त्यसमा फेरि कहिल्यै नपस् भनी आज्ञा दिन्छु।”

शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्

मर्कूस 9:22-25 पवित्र बाइबल (NERV)

दुष्टात्माले घरि घरि त्यसलाई आगोमा अनि पानीमा पछारेर मार्न खोज्छ। यदि तपाईंले त्यसका निम्ति केही गर्नसक्नु हुन्छ भने कृपया हामीमाथि, दया गरी मद्दत गर्नुहोस्।” येशूले ठिटोको बाबूलाई भन्नुभयो, “तिमीले भन्यौ, ‘यदि तपाईंले सक्नुहुन्छ भने?’ यदि कसैले विश्वास गर्यो भने हरेककुरा सम्भव हुन्छ।” त्यस ठिटोको बाबु चाँहि यो सुनेर खूबै उत्तेजित भयो। त्यसले भन्यो, “म विश्वास गर्छु। मेरो विश्वस अझ बढाउनमा मलाई मद्दत गर्नुहोस्।” येशूले देख्नु भयो कि धेरै मानिसहरू त्यहाँ के भइरहेको होला भनेर हेर्नलाई आइरहेका थिए। तब उहाँले दुष्टात्मालाई हकार्दै भन्नुभयो, “तँ दुष्टात्माले यो केटोलाई बहिरो अनि लाटो तुल्याएको छस्। म तँलाई आज्ञा गर्दछु, कि त्यो ठिटोबाट बाहिर निक्लिहाल अनि अब कहिले पनि भित्र नपस्।”

शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्

मर्कूस 9:22-25

मर्कूस 9:22-25 NNRVमर्कूस 9:22-25 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्