अनि उहाँले पत्रुस, याकूब र याकूबका भाइ यूहन्नालाई बाहेक अरू कसैलाई पनि आफ्नो साथ आउन अनुमति दिनुभएन। उहाँहरू सभाघरका शासकको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला गर्नेहरू, रुनेहरू र ठूलो सोरले बिलौना गर्नेहरूलाई देख्नुभयो। भित्र पसेर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन खैलाबैला गर्छौ र रुन्छौ? ठिटी मरेकी छैन, तर सुतिरहेकी छे।” तर तिनीहरू उहाँको कुरामाथि हाँसे। तब उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो, र ठिटीका बुबा र आमा र उहाँसँग हुनेहरूलाई साथमा लिएर ठिटी भएको ठाउँभित्र जानुभयो। अनि ठिटीको हात समातेर उहाँले त्यसलाई भन्नुभयो, “तालिता कूमी,” जसको अर्थ हो, “ए बालिका, म तिमीलाई भन्दछु, उठ।” अनि ठिटी तुरुन्तै उठी, र हिँड्डुल गर्न लागी। त्यो बाह्र वर्षकी थिई। अनि त्यति नै बेला तिनीहरू आश्चर्यचकित भए। उहाँले तिनीहरूलाई यो कसैले थाहा नपाओस् भन्ने कड़ा आज्ञा दिनुभयो। अनि बालिकालाई चाहिँ केही खान दिनू भनी तिनीहरूलाई भन्नुभयो।
मर्कूस 5 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 5:37-43
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू