YouVersion लोगो
खोज आइकन

मत्ती 11:25-30

मत्ती 11:25-30 NNRV

त्‍यस बेला येशूले भन्‍नुभयो, “हे पिता, स्‍वर्ग र पृथ्‍वीका प्रभु, म तपाईंमा धन्‍यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान्‌ र समझदारबाट गुप्‍त राख्‍नुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो। हो, पिता, किनकि तपाईंलाई यही असल लाग्‍यो। “मेरा पिताले सबै थोक मलाई सुम्‍पिदिनुभएको छ। पिताबाहेक पुत्रलाई कसैले चिन्‍दैन, र पुत्रबाहेक पितालाई कसैले चिन्‍दैन, अनि तिनीहरूले पनि चिन्‍छन्‌ जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्‍छा गर्दछ। “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”