YouVersion लोगो
खोज आइकन

मत्ती 11:25-30

मत्ती 11:25-30 सरल नेपाली

त्‍यतिखेर येशूले भन्‍नुभयो, “हे परमेश्‍वर पिता स्‍वर्ग र पृथ्‍वीका मालिक, म तपाईंलाई धन्‍यवाद दिन्‍छु किनभने बुद्धिमान् र टाठा-बाठाहरूदेखि लुकाएर राख्‍नुभएका कुरा तपाईंले केही नजान्‍नेहरूलाई बुझाइदिनुभएको छ। हो पिता, यसै गर्न तपाईंलाई मन लाग्‍यो। “मेरा पिताले मलाई सबै कुरा जिम्‍मा दिनुभएको छ। पिताले बाहेक पुत्रलाई कसैले चिन्‍दैन र पुत्रले बाहेक पितालाई कसैले चिन्‍दैन। तर पुत्रले चिनाइदिएकाहरूले चाहिँ पितालाई चिन्‍दछन्। “हे गह्रुङ्गो भारी बोकेर थाकेकाहरू हो, तिमीहरू सबै मकहाँ आओ, म तिमीहरूलाई आराम दिन्‍छु। मेरो जुवा बोक र मबाट सिक किनभने म हृदयमा दयालु र नम्र छु अनि तिमीहरूले आफ्‍नो आत्‍मामा आराम पाउनेछौ। हेर, मैले हालिदिने जुवा सजिलो र मैले बोकाइदिने भारी हलुको छ।”

मत्ती 11 पढ्नुहोस्