सभाघरमा अशुद्ध भूतात्मा लागेको एक जना मानिस थियो, र त्यो चर्को सोरले चिच्च्यायो, “हे येशू नासरी, तपाईंको हामीहरूसँग के काम? के तपाईं हामीहरूलाई नष्ट गर्न आउनुभएको हो? मलाई थाहा छ, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।” अनि येशूले त्यसलाई हकारेर भन्नुभयो, “चूप लाग्, र त्यसबाट निस्किजा।” त्यस मानिसलाई बीचमा पछारेर त्यसलाई केही हानि नगरिकन त्यो भूतात्मा त्यसबाट निस्केर गयो। तब तिनीहरू सबै छक्क परे, र आपसमा यसो भने, “यो कस्तो वचन हो? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्दछन्, र ती निस्किजान्छन्।” उहाँको चर्चा वरिपरिका मुलुकको हरेक ठाउँमा फिँजियो। सभाघरबाट निस्केर उहाँ सिमोनको घरमा पस्नुभयो। सिमोनकी सासू कड़ा जरोले थलिएकी थिइन्, र तिनीहरूले तिनको निम्ति उहाँसँग बिन्ती गरे। तिनको नजिकै उभिएर उहाँले जरोलाई हकार्नुभयो, र जरोले तिनलाई छोडिहाल्यो, र तुरुन्तै उठेर तिनले उहाँहरूको सेवा गरिन्। अब घाम अस्ताउन लाग्दा अनेक किसिमका रोग भएका बिरामीहरू सबैलाई तिनीहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्नुभयो। धेरै मानिसहरूबाट भूतहरू पनि चिच्च्याउँदै र यसो भन्दै निस्के, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले तिनीहरूलाई हकारेर बोल्न दिनुभएन, किनभने तिनीहरूले उहाँ ख्रीष्ट हुनुहुन्छ भनी चिन्थे। बिहान उज्यालो भएपछि उहाँ निस्केर एकान्त ठाउँमा जानुभयो। भीड़हरू उहाँलाई खोज्दै उहाँकहाँ आइपुगे, र “हामीहरूलाई छोड़ेर नजानुहोस्” भनी उहाँलाई रोक्ने प्रयत्न गरे। तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले परमेश्वरका राज्यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनैपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” अनि उहाँ यहूदियाका सभाघरहरूमा प्रचार गर्न लाग्नुभयो।
लूका 4 पढ्नुहोस्
सुन्नुहोस् लूका 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 4:33-44
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू