YouVersion लोगो
खोज आइकन

लूका 4:33-44

लूका 4:33-44 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

सभाघरमा अशुद्ध भूतात्‍मा लागेको एक जना मानिस थियो, र त्‍यो चर्को सोरले चिच्‍च्‍यायो, “हे येशू नासरी, तपाईंको हामीहरूसँग के काम? के तपाईं हामीहरूलाई नष्‍ट गर्न आउनुभएको हो? मलाई थाहा छ, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ।” अनि येशूले त्‍यसलाई हकारेर भन्‍नुभयो, “चूप लाग्, र त्‍यसबाट निस्‍किजा।” त्‍यस मानिसलाई बीचमा पछारेर त्‍यसलाई केही हानि नगरिकन त्‍यो भूतात्‍मा त्‍यसबाट निस्‍केर गयो। तब तिनीहरू सबै छक्‍क परे, र आपसमा यसो भने, “यो कस्‍तो वचन हो? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्‍माहरूलाई आज्ञा गर्दछन्, र ती निस्‍किजान्‍छन्‌।” उहाँको चर्चा वरिपरिका मुलुकको हरेक ठाउँमा फिँजियो। सभाघरबाट निस्‍केर उहाँ सिमोनको घरमा पस्‍नुभयो। सिमोनकी सासू कड़ा जरोले थलिएकी थिइन्, र तिनीहरूले तिनको निम्‍ति उहाँसँग बिन्‍ती गरे। तिनको नजिकै उभिएर उहाँले जरोलाई हकार्नुभयो, र जरोले तिनलाई छोडिहाल्‍यो, र तुरुन्‍तै उठेर तिनले उहाँहरूको सेवा गरिन्‌। अब घाम अस्‍ताउन लाग्‍दा अनेक किसिमका रोग भएका बिरामीहरू सबैलाई तिनीहरूले उहाँकहाँ ल्‍याए। उहाँले तिनीहरू हरेकमाथि आफ्‍ना हात राखेर तिनीहरूलाई निको पार्नुभयो। धेरै मानिसहरूबाट भूतहरू पनि चिच्‍च्‍याउँदै र यसो भन्‍दै निस्‍के, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।” तर उहाँले तिनीहरूलाई हकारेर बोल्‍न दिनुभएन, किनभने तिनीहरूले उहाँ ख्रीष्‍ट हुनुहुन्‍छ भनी चिन्‍थे। बिहान उज्‍यालो भएपछि उहाँ निस्‍केर एकान्‍त ठाउँमा जानुभयो। भीड़हरू उहाँलाई खोज्‍दै उहाँकहाँ आइपुगे, र “हामीहरूलाई छोड़ेर नजानुहोस्‌” भनी उहाँलाई रोक्‍ने प्रयत्‍न गरे। तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले परमेश्‍वरका राज्‍यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनैपर्छ, किनकि म यसैको निम्‍ति पठाइएको हुँ।” अनि उहाँ यहूदियाका सभाघरहरूमा प्रचार गर्न लाग्‍नुभयो।

शेयर गर्नुहोस्
लूका 4 पढ्नुहोस्

लूका 4:33-44 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सभाघरमा एक जना भूत लागेको मानिस थियो। त्‍यस मानिसले चिच्‍च्‍याएर भन्‍यो, “हे नासरतका येशू, तपाईंले हामीलाई के गर्न लाग्‍नुभएको? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं परमेश्‍वरले पठाउनुभएको पवित्र जन हुनुहुन्‍छ भनेर म चिन्‍दछु।” यो सुनेर येशूले त्‍यस भूतलाई हप्‍काएर भन्‍नुभयो, “चुप लाग् र यस मानिसबाट निस्‍केर गइहाल्!” त्‍यस मानिसलाई सबैको सामु पछारेर भूत निस्‍कियो, तर उसलाई कुनै चोट पटक लागेन। सबै जना छक्‍क परेर कुरा गर्न लागे, “यो मानिसको बोलीमा कस्‍तो अधिकार रहेछ, यिनले हकार्नेबित्तिकै भूतहरू पनि निक्‍लेर भाग्‍दा रहेछन्!” अनि कफर्नहुम सहरका चारैतिर येशूको चर्चा फैलियो। सभाघरबाट निस्‍केर येशू सिमोनको घरमा जानुभयो। त्‍यस बेला सिमोनकी सासू ज्‍वरोले थला परेकी थिइन्। घरका मानिसहरूले “तिनलाई निको पारिदिनुहोस्” भनी येशूलाई बिन्‍ती गरे। उहाँले तिनको नजिकै गएर ज्‍वरोलाई हकार्नुभयो र ज्‍वरोले छोडिहाल्‍यो अनि तिनी उठेर उहाँहरूको सेवा गर्न लागिन्। घाम अस्‍ताएपछि मानिसहरूले धेरै किसिमका बिमारीहरूलाई येशूकहाँ ल्‍याए। उहाँले तिनीहरूमाथि हात राखेर सबैलाई निको पार्नुभयो। धेरै जनाबाट भूत पनि चिच्‍च्‍याएर यसो भन्‍दै निस्‍किए, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।” तर येशूले ती भूतहरूलाई पटक्‍कै बोल्‍न दिनुभएन किनभने उहाँ मुक्ति दिनुहुने राजा ख्रीष्‍ट हुनुहुन्‍छ भनी तिनीहरूले चिन्‍दथे। उज्‍यालो हुनेबित्तिकै येशू एकान्‍त ठाउँतिर जानुभयो। तर मानिसहरू उहाँलाई खोज्‍दै गए। उहाँलाई भेट्टाएपछि तिनीहरूले “हामीलाई छोडेर नजानुहोस्,” भनी रोक्‍ने कोसिस गरे। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले परमेश्‍वरको राज्‍यको सुसमाचार अरू ठाउँमा पनि सुनाउनुपर्छ किनभने परमेश्‍वरले मलाई यही काम गर्न पठाउनुभएको हो।” यसरी उहाँले सारा यहूदिया क्षेत्रका सभाघरहरूमा गएर प्रचार गर्नुभयो।

शेयर गर्नुहोस्
लूका 4 पढ्नुहोस्

लूका 4:33-44 पवित्र बाइबल (NERV)

सभाघरमा एकजाना दुष्टआत्मा लागेको मानिस थियो। त्यो मानिस ठूलो स्वरमा चिच्यायो। “हे नासरतको येशू! हामीबाट तपाईं के चाहनुहुन्छ? के हामीलाई नाश गर्नु तपाईं यहाँ आउनु भएको हो? म तपाईंलाई जान्दछु तपाईं परमेश्वरका एक पवित्र जन हुनुहुन्छ।” तर येशूले त्यो दुष्टात्मालाई हकार्नु भयो, “चूप लाग्। यो मानिसदेखि निस्कि हाल्।” त्यो दुष्टआत्माले मानिसहरूकै अघिपट्टि त्यो मानिसलाई भूईँमा पछारिदियो। त्यसपछि दुष्ट आत्माले त्यो मानिसलाई केही नोक्सान नगरी छाडी दियो। सबै मानिसहरू छक्क परे अनि आपसमा कुरा गरे, “यसको अर्थ के हो? येशूले त अधिकार अनि शक्तिसित दुष्ट आत्माहरूलाई निस्कन आज्ञा गर्नु हुन्छ औ तिनीहरू पनि निस्की हाल्छन्।” त्यसपछि त्यस इलाकाको प्रत्येक ठाऊँमा येशूको कीर्ति फैलियो। येशूले सभा घर छाड्नु भयो। उहाँ शिमोनको घरमा जानु भयो। शिमोनको सासू कडा ज्वरोले सिकिस्त बिमारी थिईन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे। येशू तिनको नजिक जानु भयो अनि जरोलाई हट्ने आज्ञा दिनु भयो। जरो झट्टै हरायो। तब तिनी उठिन अनि तिनीहरूको सेवामा लागिन्। घाम अस्ताउन लागदा सबै मानिसहरू ज-जसका आफ्ना मानिसहरू बिरामीहरू थिए तिनीहरूलाई येशूकहाँ ल्याए। तिनीहरू बेग्ला बेग्लै रोगले पीडीत थिए। उहाँले प्रत्येक बिरामीलाई छुनु भयो अनि तिनीहरूलाई जाती पार्नु भयो। धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती भूतहरूलाई चूप बस्ने आज्ञा दिनु भयो। येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए। अर्को दिन येशू एकान्त ठाउँमा जानुभयो। तर भीड़ले उहाँलाई खोजिरहेको थियो औ उहाँ भएको जग्गामा तिनीहरू आए। जब तिनीहरूले येशूलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूलाई नछाडनु भनि विन्ती गर्दैं थिए। तर येशूले तिनीहरूलाई भन्नु भयो, “मैले अरू शहरहरूमा पनि परमेश्वरको राज्य को बारे सुसमाचारहरू भन्नु पर्छ। यसैकारण मलाई फठाइएको छ।” तब येशूले यहूदियाका सभा घरहरूमा प्रचार गर्नु भयो।

लूका 4:33-44 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

सभाघरमा भूतआत्मा लागेको एउटा मानिस थियो। त्यसले चिच्याएर भन्यो, “तपाईं गइहाल्नुहोस्! हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्‍ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु। तपाईं परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!” येशूले भूतआत्मालाई हकारेर भन्‍नुभयो, “चुप लाग्, र त्यसबाट निस्की जा!” त्यसपछि भूतआत्माले त्यस मानिसलाई तिनीहरूका बीचमा पछार्‍यो, र त्यसलाई केही पनि हानि नगरी निस्केर गयो। सबै मानिसहरू छक्‍क परे, र एक-अर्कालाई भने, “यी कस्ता वचन हुन्? यिनले अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्छन्, र तिनीहरू निस्केर जान्छन्!” उहाँको विषयमा यो खबर वरिपरिका इलाकाभरि फैलियो। त्यस दिन येशू सभाघरबाट निस्केर सिमोनको घरमा जानुभयो। सिमोनकी सासू उच्‍च ज्वरोले थलिएकी थिइन्। तिनीहरूले तिनलाई सहायता गर्न भनी येशूलाई बिन्ती गरे। उहाँ तिनको नजिकै उभिएर ज्वरोलाई हप्काउनुभयो; र ज्वरोले तिनलाई छोड्यो। तिनी तुरुन्तै उठिन्, र उहाँहरूको सेवा गरिन्। घाम अस्ताउनै लाग्दा, मानिसहरूले विभिन्‍न किसिमका रोग लागेका मानिसहरूलाई येशूकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि हात राख्नुभयो र सबैलाई निको पार्नुभयो। अझ धेरै मानिसहरूबाट भूतहरू पनि यसो भनी चिच्याउँदै निस्के, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ!” तर उहाँले तिनीहरूलाई हप्काउनुभयो र बोल्न दिनुभएन; किनकि उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी तिनीहरूले जान्दथे। बिहान उज्यालो हुँदा येशू निस्केर एउटा एकान्त ठाउँमा जानुभयो। मानिसहरूले उहाँलाई खोजिरहेका थिए। तिनीहरू उहाँ हुनुभएको ठाउँमा आए, र उहाँलाई तिनीहरूलाई छोडेर जान नदिन प्रयास गरे। तर उहाँले भन्‍नुभयो, “मैले परमेश्‍वरको राज्यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनुपर्छ; किनकि म यसैका निम्ति पठाइएको हुँ।” अनि उहाँले यहूदिया प्रदेशका सभाघरहरूमा प्रचार गरिरहनुभयो।