तब येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्ला गरे, र पिटे, उहाँका आँखा छोपिदिएर उहाँलाई सोधे, “तँलाई हिर्काउने को हो? लौ, अगमवाणी भन्।” तिनीहरूले उहाँको विरुद्धमा अरू धेरै तिरस्कारपूर्ण कुरा भने। उज्यालो हुने बित्तिकै भेला भएका जनताका धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरू दुवैले उहाँलाई आफ्नो महासभामा लगे, र भने, “तँ ख्रीष्ट होस् भने हामीलाई भन्।” उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले बताएँ भने पनि तपाईंहरू पत्याउनुहुन्न। मैले प्रश्न गरे भने पनि तपाईंहरू जवाफ दिनुहुन्न। तर अब मानिसको पुत्र परमेश्वरका शक्तिको दाहिनेपट्टि बस्नेछ।” तब तिनीहरू सबैले भने, “त्यसो भए, के तँ परमेश्वरको पुत्र होस्?” उहाँले तिनीहरूलाई उत्तर दिनुभयो, “तपाईंहरू नै भन्नुहुन्छ, म उही हुँ।” तिनीहरूले भने, “हामीलाई अब अरू के साक्षीको आवश्यकता छ र? किनकि हामीले त्यसकै मुखबाट सुनिहाल्यौं।”
लूका 22 पढ्नुहोस्
सुन्नुहोस् लूका 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 22:63-71
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू