YouVersion लोगो
खोज आइकन

लूका 20:34-40

लूका 20:34-40 NNRV

येशूले तिनीहरूलाई भन्‍नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन्, र विवाह गरिदिन्‍छन्‌। तर त्‍यस युगसम्‍म पुग्‍न योग्‍य ठहरिनेहरूले, र मृतकबाट जीवित भई उठ्‌न योग्‍य हुनेहरूले न विवाह गर्छन्, न विवाह गरिदिन्‍छन्‌। तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्‍वर्गदूतहरूसमान हुन्, र पुनरुत्‍थानका सन्‍तान भएका हुनाले परमेश्‍वरका सन्‍तान हुन्‌। तर मृतकहरू जीवित भई उठ्‌नेछन्‌ भन्‍ने कुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर भनेर पुकार्दा देखाइदिए। उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्‍छ, किनकि सबै उहाँकै निम्‍ति जीवित छन्‌।” अनि शास्‍त्रीहरूमध्‍ये कुनै-कुनैले भने, “गुरुज्‍यू, तपाईंले असलै भन्‍नुभयो।” त्‍यसपछि फेरि कसैले उहाँलाई कुनै प्रश्‍न सोध्‍ने आँट गरेन।