लूका 20:34-40
लूका 20:34-40 पवित्र बाइबल (NERV)
येशूले ती सदूकीहरूलाई भन्नुभयो, “पृथ्वीमा मानिसहरूले आपसमा विवाह गर्छन्। तर ती मानिसहरू जसलाई भविष्यको संसारका निम्ति योग्य ठानिन्छ अनि मृत्युबाट उठाई ल्याइन्छ तिनीहरू विवाह गर्दैनन् अथवा तिनीहरूको विवाह गराइदैन। त्यतिवेला तिनीहरू स्वर्गदूत झैं हुनेछन् अनि मर्ने छैनन्। तिनीहरू पुनर्जीवित गराइएकाछन्। मोशाले जलिरहेका पोथ्रोको वर्णन गर्दा स्पष्टरूपले भनेका छन् कि मानिसहरू मृत्युबाट बौरी उठ्नेछन्। परमप्रभुलाई मोशाले ‘अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले भन्नुभएकोछ।’ परमेश्वर मुर्दाहरूको परमेश्वर हुनुहुन्न तर उहाँ जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। सबै मानिसहरू जो परमेश्वरका हुन् तिनीहरू जिउँदो छन्।” कोही व्यवस्थाका शास्त्रीहरूले भने, “हे गुरू, तपाईंको उत्तर सही हो।” उहाँलाई अरू धेरै प्रश्न गर्ने साहस कसैलाई भएन।
लूका 20:34-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले तिनीहरूलाई भन्नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन्, र विवाह गरिदिन्छन्। तर त्यस युगसम्म पुग्न योग्य ठहरिनेहरूले, र मृतकबाट जीवित भई उठ्न योग्य हुनेहरूले न विवाह गर्छन्, न विवाह गरिदिन्छन्। तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूतहरूसमान हुन्, र पुनरुत्थानका सन्तान भएका हुनाले परमेश्वरका सन्तान हुन्। तर मृतकहरू जीवित भई उठ्नेछन् भन्ने कुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर भनेर पुकार्दा देखाइदिए। उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जीवित छन्।” अनि शास्त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले असलै भन्नुभयो।” त्यसपछि फेरि कसैले उहाँलाई कुनै प्रश्न सोध्ने आँट गरेन।

लूका 20:34-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले जवाफ दिनुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र गराउँछन्। तर त्यस युगसम्म पुग्न, र मरेकाहरूबाट पुनरुत्थान हुन योग्य ठहरिनेहरूले न त विवाह गर्नेछन्, न विवाहमा दिइन्छन्, तिनीहरू कहिल्यै मर्दैनन्; किनकि तिनीहरू स्वर्गदूतजस्तै हुन्। पुनरुत्थानका सन्तान भएकाले तिनीहरू परमेश्वरका सन्तान हुन्। पोथ्राको विवरणमा मोशाले पनि मरेकाहरू जीवित पारिन्छन् भन्ने कुरा देखाएका थिए; किनकि तिनले प्रभुलाई ‘अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर’ भनी पुकार गरेका छन्। उहाँ मरेकाहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका हुनुहुन्छ; किनकि उहाँका निम्ति सबै जीवित छन्।” व्यवस्थाका केही शिक्षकहरूले भने, “गुरुज्यू, तपाईंले बडो असल कुरा भन्नुभयो!” त्यसपछि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेनन्।
लूका 20:34-40 पवित्र बाइबल (NERV)
येशूले ती सदूकीहरूलाई भन्नुभयो, “पृथ्वीमा मानिसहरूले आपसमा विवाह गर्छन्। तर ती मानिसहरू जसलाई भविष्यको संसारका निम्ति योग्य ठानिन्छ अनि मृत्युबाट उठाई ल्याइन्छ तिनीहरू विवाह गर्दैनन् अथवा तिनीहरूको विवाह गराइदैन। त्यतिवेला तिनीहरू स्वर्गदूत झैं हुनेछन् अनि मर्ने छैनन्। तिनीहरू पुनर्जीवित गराइएकाछन्। मोशाले जलिरहेका पोथ्रोको वर्णन गर्दा स्पष्टरूपले भनेका छन् कि मानिसहरू मृत्युबाट बौरी उठ्नेछन्। परमप्रभुलाई मोशाले ‘अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले भन्नुभएकोछ।’ परमेश्वर मुर्दाहरूको परमेश्वर हुनुहुन्न तर उहाँ जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। सबै मानिसहरू जो परमेश्वरका हुन् तिनीहरू जिउँदो छन्।” कोही व्यवस्थाका शास्त्रीहरूले भने, “हे गुरू, तपाईंको उत्तर सही हो।” उहाँलाई अरू धेरै प्रश्न गर्ने साहस कसैलाई भएन।
लूका 20:34-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “यस संसारमा हुने मानिसहरूले विवाह गर्छन् अनि गराउँछन्। तर मरेकोबाट बिउँतेर स्वर्ग जानको लागि योग्य ठहरिएका मानिसहरूमा चाहिँ बिहे गर्ने र गराउने कुरा नै हुनेछैन। तिनीहरू फेरि मर्नेछैनन् तर स्वर्गदूतहरूजस्तै हुनेछन्। तिनीहरू मरेकोबाट बिउँतिएका परमेश्वरका सन्तान हुनेछन्। मरेकाहरू बिउँतन्छन् भन्ने कुराको प्रमाण मोशाले राम्ररी दिएका थिए। बलिरहेको पोथ्राको बखानमा उनले प्रभु परमेश्वरलाई ‘अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर’ भनेर पुकारेका छन्। उहाँ त मरेकाहरूको होइन, तर जिउँदाहरूको परमेश्वर हुनुहुन्छ! परमेश्वरको दृष्टिमा त सबै जिउँदा छन्।” तब कुनै-कुनै धर्म-गुरुहरूले भने, “गुरुज्यू, तपाईंले ठीक भन्नुभयो।” त्यसपछि ती मानिसहरूले उहाँलाई फेरि कुनै कुरा सोध्ने साहस नै गरेनन्।