“तिनले त्यसलाई भने, ‘तैंले पनि पाँच सहरमाथि अधिकार पाउनेछस्।’ “अर्को आएर यसो भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्का यहाँ छ। यो मैले रूमालमा बाँधेर राखेको थिएँ। म तपाईंसँग डराएँ, किनकि तपाईं कठोर मानिस हुनुहुन्छ। जे राख्नुभएन त्यो लिनुहुन्छ, र जे छर्नुभएन त्यसैको कटनी गर्नुहुन्छ।’ “तिनले त्यसलाई भने, ‘तेरै मुखको कुराबाट म तेरो इन्साफ गर्नेछु, ए दुष्ट नोकर! जे राखिनँ त्यो लिने, र जे छरिनँ त्यसको कटनी गर्ने म कठोर मानिस हुँ भनेर तैंले जानेकै थिइस्। तब मेरो सिक्का बैङ्कमा किन राखिनस् त? म आएर व्याजसहित त्यो पाउनेथिएँ।’ “तब नजिक उभिनेहरूलाई तिनले भने, ‘त्यसबाट त्यो सिक्का लिएर दश सिक्का हुनेलाई दिइहाल्।’ तिनीहरूले तिनलाई भने, ‘हजूर, त्यससँग त दश सिक्का छँदैछन्।’ “‘म तिमीहरूलाई भन्दछु, जससँग छ त्यसलाई अझ बढ़ी दिइनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। तर मैले तिनीहरूमाथि राज गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्याओ, र तिनीहरूलाई मेरै सामुन्ने मार’।” येशूले यी कुरा भन्नुभएपछि उहाँ यरूशलेमतर्फ बढ्नुभयो। जब उहाँ बेथफागे र बेथानियाको नजिक जैतून भनिने डाँड़ामा पुग्नुभयो, उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “सामुन्नेको गाउँमा जाओ, र भित्र पस्दापस्दै तिमीहरूले गधाको एउटा बछेड़ो बाँधेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही मानिस चढ़ेको छैन। त्यसलाई फुकाएर यहाँ ल्याओ। कसैले ‘किन फुकाउँछौ?’ भनेर तिमीहरूलाई सोध्यो भने, ‘प्रभुलाई यसको खाँचो छ’ भन्नू।”
लूका 19 पढ्नुहोस्
सुन्नुहोस् लूका 19
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 19:19-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू