YouVersion लोगो
खोज आइकन

विलाप 2:11-19

विलाप 2:11-19 NNRV

रोदनको आँसुले मेरो आँखा टट्टाइसक्‍यो। मेरो प्राण मभित्र मड़ारिन्‍छ। मेरो प्रजा नष्‍ट भएको कारणले, नानीहरू र दूध-खाने बालकहरू सहरका गल्‍लीहरूमा मूर्च्‍छा खाएको कारणले मेरो हृदय छियाछिया भयो। जब सहरका गल्‍लीहरूमा घायल मानिसझैँ तिनीहरू मूर्च्‍छा पर्छन्, जब आफ्‍ना आमाहरूका काखमा तिनीहरूका प्राण शिथिल हुँदैजान्‍छन्, तब तिनीहरू आफ्‍ना आमाहरूलाई भन्‍छन्, “अन्‍न र दाखमद्य कहाँ छन्‌?” हे यरूशलेमकी छोरी, तेरो निम्‍ति म के भनूँ? म केसित तेरो तुलना गरूँ? हे सियोनकी कन्‍ये-छोरी, सान्‍त्‍वनाको निम्‍ति तँलाई केसित तुलना गरूँ? तेरो चोट महासमुद्रजस्‍तै गहिरो छ। कसले तँलाई बिसेक गराउन सक्‍छ र? तेरा अगमवक्ताहरूले देखेका दर्शनहरू झूटा र मूल्‍यहीन थिए। तेरो प्रवास हुन नदिन तिनीहरूले तेरो अधर्म प्रकट गरेनन्‌। तिनीहरूले तेरो निम्‍ति देखेका दर्शन झूटा र भर्माउने मात्र थिए। तेरो छेउबाट भएर जानेहरू सबैले तँलाई खुच्‍चिङ गरेर ताली बजाउँछन्‌। यरूशलेमकी छोरीको विरुद्धमा खिसी गरेर तिनीहरू शिर हल्‍लाउँछन्‌: “के यो त्‍यही सहर हो, जो ‘परम सुन्‍दरी’ र ‘सारा पृथ्‍वीको आनन्‍द’ भनी कहलाइन्‍थ्‍यो?” तेरा सबै शत्रुहरू तँलाई मुख खोलेर गिल्‍ला गर्दछन्‌। तिनीहरूले तँलाई दाह्रा किटेर भन्‍छन्, “हामीले त्‍यसलाई नष्‍ट पार्‍यौं। अहा, यही दिन हेर्नलाई हामी पर्खिरहेका थियौं, हामीले बाँचेर यो हेर्न पायौं।” परमप्रभुले जे योजना गर्नुभएको थियो, उहिले उहाँले जे घोषणा गर्नुभएको थियो, त्‍यही वचन उहाँले पूरा गर्नुभयो। दयाविना उहाँले तँलाई पल्‍टाइदिनुभयो। उहाँले शत्रुलाई तँमाथि आनन्‍दित तुल्‍याउनुभयो, र तेरा वैरीहरूको शक्ति प्रबल पार्नुभयो। मानिसहरूका हृदय परमप्रभुलाई पुकार्छन्‌। हे सियोनकी छोरीको पर्खाल, तेरो आँसु नदीजस्‍तै रातदिन बगा। कत्ति पनि विश्राम नले, तेरो आँखालाई आराम नदे। हरेक पहरको सुरुमा राती उठेर करा। परमप्रभुको उपस्‍थितिमा नै तेरो हृदय पानीझैँ पोखा। गल्‍लीका मोड़मा भोकले मूर्च्‍छा खाने आफ्‍ना बालकहरूका प्राणको निम्‍ति आफ्‍नो हात उहाँतिर उठा।