YouVersion लोगो
खोज आइकन

यहोशू 3:14-17

यहोशू 3:14-17 NNRV

यसकारण जब यर्दन तर्नलाई मानिसहरूले आ-आफ्‍ना पालहरू उठाए, पूजाहारीहरू करारको सन्‍दूक बोकेर मानिसहरूका अगि लागे। कटनीको अवधिभरि यर्दनमा बाढ़ी आइरहन्‍छ। तापनि सन्‍दूक बोक्‍ने पूजाहारीहरू यर्दनमा आइपुगेर तिनीहरूका खुट्टाले किनारको पानीमा छुने बित्तिकै माथिबाट आएको पानी धेरै पर, सार्तानको नजिक आदम भनिने सहरनेरै थामिएर एउटा रास भएर अड़्यो, र अराबाको समुद्र, अर्थात्‌ खारा समुद्रमा बगेर जाने पानी पूर्ण रूपले काटिएर सुक्‍यो। यसर्थ मानिसहरू यरीहोको पारिबाट पार तरे। सारा इस्राएलीहरू ओबानो जमिनमाथिबाट तरेर त्‍यस जातिका सबै मानिसहरू यर्दन पार नगरुञ्‍जेलसम्‍म परमप्रभुका करारको सन्‍दूक बोक्‍ने पूजाहारीहरू यर्दनको बीचमा ओबानो जमिनमा स्‍थिर भई खड़ा रहे।