यसपछि लेवीहरूका मुखियाहरूले एलाजार पूजाहारी, नूनका छोरा यहोशू र इस्राएलका परिवार-परिवारका मुखियाहरूका नजिक आएर कनान देशको शीलोमा तिनीहरूलाई यसो भने, “हामीलाई बस्नका निम्ति सहरहरू र हाम्रा बस्तुहरूलाई खर्कका निम्ति वरिपरिका ठाउँहरू हामीलाई दिनू भनी परमप्रभुले मोशाद्वारा हुकुम गर्नुभएको छ।” यसर्थ परमप्रभुको हुकुमअनुसार इस्राएलीहरूले लेवीहरूलाई आफ्ना अधिकारबाट यी सहरहरू र चरनहरू दिए। अनि कहातीका वंश-वंशका नाउँमा पहिलो चिट्ठा निस्क्यो। लेवीहरूमध्येका हारून पूजाहारीका सन्तानले यहूदाको कुल, शिमियोनको कुल, र बेन्यामीनको कुलबाट तेह्र सहरहरू पाए। कहातका बाँकी सन्तानले एफ्राइमको कुल, दानको कुल र मनश्शेको आधा कुलका वंशहरूबाट दश सहरहरू पाए। गेर्शोनका सन्तानहरूले इस्साखारको कुल, आशेरको कुल, नप्तालीको कुल र बाशानमा मनश्शेको आधा कुलका वंशहरूबाट तेह्र सहरहरू पाए। मरारीका सन्तानले तिनीहरूका वंश-वंशअनुसार रूबेनको, गादको र जबूलूनको कुलबाट बाह्र सहरहरू पाए। परमप्रभुले मोशाद्वारा हुकुम गर्नुभएबमोजिम इस्राएलीहरूले लेवीहरूलाई चरनहरूसमेत ती सहरहरू दिए। तिनीहरूले यहूदाको कुल र शिमियोनको कुलबाट तल नाउँ लेखिएका यी सहरहरू दिए। यी सहरहरू लेवीका कुलका कहातीका वंशहरूका हारूनका सन्तानका निम्ति थिए, किनकि चिट्ठा पहिले तिनीहरूकै नाउँमा निस्केको थियो: अनि तिनीहरूले उनीहरूलाई यहूदाको पहाड़ी देशमा किर्यत-अर्बा (जो हेब्रोन हो) नाउँको सहर र यसका वरिपरिको चरन दिए। (अनाकका पुर्खा अर्बा थिए।) तर त्यस सहरका खेतहरू र त्यसका बस्तीहरूचाहिँ तिनीहरूले यपुन्नेका छोरा कालेबलाई अधिकारको निम्ति दिएका थिए। हारून पूजाहारीका सन्तानलाई, ज्यानमाराको निम्ति शरण-नगर नियुक्त भएको हेब्रोन, त्यसका चरनसमेत, र लिब्ना, यत्तीर, एश्तमो, होलोन, दबीर, ऐन, युत्ता, र बेथ-शेमेश, तिनका चरनहरूसमेत— ती दुई कुलबाट नौ वटा सहरहरू तिनीहरूले दिए। अनि बेन्यामीनको कुलबाट गिबोन, गेबा, अनातोत, अल्मोन, तिनका चरनहरूसमेत— चार सहरहरू दिए। हारून पूजाहारीका सन्तानका जम्मा तेह्र सहरहरू तिनका चरनहरूसमेत थिए।
यहोशू 21 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 21
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 21:1-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू