YouVersion लोगो
खोज आइकन

यर्मिया 17:5-9

यर्मिया 17:5-9 NNRV

परमप्रभु यसो भन्‍नुहुन्‍छ: “श्रापित होस्‌ त्‍यो मानिस, जसले मानिसमाथि भरोसा राख्‍तछ, र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परमप्रभुदेखि तर्किगएको छ। त्‍यो उजाड़-भूमिको पोथ्रोझैँ हुनेछ। उन्‍नति आउँदा त्‍यसले देख्‍नेछैन। त्‍यो मरुभूमिका सुक्‍खा ठाउँहरूमा बस्‍नेछ, अर्थात्‌ नूनको जमिन जहाँ कोही पनि बस्‍दैन। “तर त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुमा भरोसा राख्‍तछ, जसको आशा परमप्रभु हुनुहुन्‍छ। त्‍यो पानीको किनारमा रोपेको रूखजस्‍तो हुनेछ, जसले आफ्‍ना जराहरू खोलाका किनारसम्‍म फिँजाएको हुन्‍छ। गर्मी हुँदा त्‍यो डराउँदैन, त्‍यसका पातहरू सधैँ हरियै हुन्‍छन्‌। खड़ेरीको समयमा त्‍यसलाई केही चिन्‍ता हुँदैन, र त्‍यसले फल फलाउन कहिल्‍यै चुक्‍दैन।” मानिसको हृदय सबै कुराभन्‍दा छली हुन्‍छ, र त्‍यसलाई निको पार्न सकिँदैन। त्‍यसलाई कसले जान्‍न सक्‍छ र?