यर्मिया 17:5-9
यर्मिया 17:5-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु यसो भन्नुहुन्छ: “श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्तछ, र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परमप्रभुदेखि तर्किगएको छ। त्यो उजाड़-भूमिको पोथ्रोझैँ हुनेछ। उन्नति आउँदा त्यसले देख्नेछैन। त्यो मरुभूमिका सुक्खा ठाउँहरूमा बस्नेछ, अर्थात् नूनको जमिन जहाँ कोही पनि बस्दैन। “तर त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा भरोसा राख्तछ, जसको आशा परमप्रभु हुनुहुन्छ। त्यो पानीको किनारमा रोपेको रूखजस्तो हुनेछ, जसले आफ्ना जराहरू खोलाका किनारसम्म फिँजाएको हुन्छ। गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरियै हुन्छन्। खड़ेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन, र त्यसले फल फलाउन कहिल्यै चुक्दैन।” मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन। त्यसलाई कसले जान्न सक्छ र?
यर्मिया 17:5-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह यसो भन्नुहुन्छ: “श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्छ, जो आफ्नो शारीरिक शक्तिमा भर पर्छ; अनि जसको हृदय याहवेहबाट तर्किएर जान्छ। त्यो मानिस उजाड ठाउँमा भएको झाडीजस्तै हुनेछ; समृद्धि हुँदा तिनीहरूले त्यो देख्नेछैनन्। तिनीहरू मरुभूमिका सुक्खा ठाउँहरूमा, कोही पनि नबस्ने नुनिलो भूमिमा बसोबास गर्नेछन्। “धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ, जसको भरोसा उहाँमाथि हुन्छ। तिनीहरू पानीको छेउमा रोपिएको रूखजस्तै हुनेछन्, जसका जराहरू खोलासम्म फैलिएका हुन्छन्। गर्मीका दिनहरू आउँदा पनि त्यसलाई डर हुँदैन; त्यसका पातहरू सधैँभरि हरिया रहन्छन्। खडेरीको वर्षमा त्यसलाई कुनै फिक्री हुँदैन, र त्यसले फल फलाउन कहिल्यै छोड्दैन।” मानिसको हृदय सबैभन्दा छली हुन्छ, र यो निको हुन नसक्ने किसिमको छ। हृदयलाई कसले बुझ्न सक्छ र?
यर्मिया 17:5-9 पवित्र बाइबल (NERV)
परमप्रभुले यी कुराहरू भन्नुभयो, “जुन मानिसले अरू मानिसमाथि भरोसा गर्छ, अनि शारीरिक शक्तिमाथि विश्वास गर्छ, र परमप्रभुबाट आफ्नो हृदय टाढो लैजान्छ त्यसलाई धिक्कार। ती मानिसहरू मरुभूमिमा उम्रने पोथ्रा झैं हुनेछन् अनि उन्नति तिनीहरूले देख्ने छैनन्। तिनीहरूले असल देख्दैनन् जब यो आउँछ। त्यो मानिस धन्य हो, जसले परमप्रभुमाथि भरोसा गर्छ, जसले उहाँमाथि विश्वास राख्छ। त्यो मानिस पानीको छेवमा रोपिएको रूख जस्तै हुनेछ जसले खोल्सा सम्म आफ्नो जराहरू फैलाएको हुन्छ। यसकारण त्यो वृक्ष गरम कालमा डराउँदैन। यसका पातहरू खडेरी पर्दा पनि हरियै रहन्छन् अनि यसमा फल फल्नु छोड्दैन। “मानिसको हृदय अन्य कुनै चीज भन्दा कपटपूर्ण हुन्छ। त्यो कहिल्यै निको नहुने हुन्छ। यसलाई कसैले बुझ्न सक्तैन।
यर्मिया 17:5-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु भन्नुहुन्छ, “त्यो मानिस श्रापित हो, जसको हृदय मदेखि तर्किजान्छ, जसले मानिसमा र मरिजाने मानिसको शक्तिमा भरोसा राख्दछ। त्यो मरुभूमिको एउटा पोथ्राझैँ छ, जुन सुखा र उजाड-स्थानमा, केही नउम्रने नुनिलो जमिनमा उम्रन्छ, त्यो कहिल्यै सप्रँदैन। “तर त्यो मानिस धन्य हो, जसले ममाथि भरोसा राख्दछ। त्यो खोलाको छेउमा उम्रेको रूखजस्तो हो, जसको जरा पानीसम्म फिंजिएको हुन्छ। गर्मीका दिनमा त्यसलाई डर हुँदैन किनभने त्यसका पातहरू सधैँभरि हरिया रहन्छन्। खडेरी पर्दा पनि त्यसलाई केही चिन्ता हुँदैन किनभने त्यसले आफ्ना फल दिइरहन्छ। “मानिसको मन कसले बुझ्न सक्छ? त्योजस्तो छली अरू केही हुँदैन, त्यसलाई निको पार्न सकिंदैन।