फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जाँदा त्यसको सामु हाजिर हो। त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मेरो आराधना गर्न मेरा प्रजालाई जान दे। मेरा प्रजालाई जान दिइनस् भने, हेर्, तँ, तेरा अधिकारीहरू र तेरा प्रजामाथि र तेरा घरहरूमा म हूलका हूल झीँगा पठाउनेछु, र मिश्रीहरूका घर-घरमा र तिनीहरू रहेका ठाउँहरूमा समेत हूलका हूल झीँगा थुप्रिनेछन्। “‘तर त्यस दिन म मेरा मानिसहरू बस्ने गोशेन प्रदेशलाई चाहिँ छुट्ट्याउनेछु, र त्यहाँ झीँगाका बथान हुनेछैन। तब तैंले जान्नेछस् कि म, परमप्रभु यस देशमा छु। यसरी म मेरो प्रजा र तेरो प्रजाको बीचमा भिन्नता ल्याउनेछु। यो आश्चर्यपूर्ण चिन्ह भोलि हुनेछ’।” अनि परमप्रभुले त्यसै गर्नुभयो। फारोको महल, उनका अधिकारीहरूका घर-घरमा हूलका हूल झीँगाहरू आए, र झीँगाहरूको कारण मिश्र बरबाद भयो। तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “तिमीहरू गएर यही देशभित्र आफ्ना परमेश्वरको निम्ति बलि चढ़ाओ।” तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन, किनकि परमप्रभु हाम्रा परमेश्वरको निम्ति हामीले चढ़ाउने बलिदेखि मिश्रीहरू घीन मान्छन्। मिश्रीहरूकै आँखाका सामुन्ने उनीहरूले घीन गर्ने बलि हामीले चढ़ायौं भनेता उनीहरूले हामीलाई ढुङ्गाले नहान्लान्? हामी तीन दिनको बाटो गएर उजाड़-स्थानमा परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएबमोजिम उहाँको निम्ति हामीले बलि चढ़ाउनुपर्छ।” फारोले भने, “म तिमीहरूलाई उजाड़-स्थानमा परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति बलि चढ़ाउनलाई जान त दिनेछु, तर धेरै टाढ़ाचाहिँ नजाओ। अब मेरो निम्ति बिन्ती चढ़ाइदेओ।” मोशाले भने, “म तपाईंबाट बाहिर जानासाथ, फारो र तपाईंका अधिकारीहरू र प्रजाबाट भोलि नै ती झीँगाका हूल हटून् भनी म प्रार्थना गर्नेछु। तर परमप्रभुको निम्ति बलि गर्न जान नदिएर फारोले फेरि-फेरि छल नगर्नुहोला।” तब मोशा फारोकहाँबाट बाहिर गएर परमप्रभुलाई बिन्ती गरे। अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो, र फारो र उनका अधिकारीहरू र उनका प्रजाकहाँबाट ती झीँगाका हूल एउटै पनि नरहने गरी हटे। तर यस पल्ट पनि फारोले आफ्नो हृदय कठोर पारे र मानिसहरूलाई जान दिएनन्।
प्रस्थान 8 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 8:20-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू