मोशाले चाहिँ छाउनीदेखि बाहिर धेरै टाढ़ामा पाल टाँग्ने गर्थे। तिनले त्यसलाई “भेट हुने पाल” भन्थे। परमप्रभुसित भेट गर्न चाहने प्रत्येक व्यक्ति छाउनीको बाहिर भएको त्यही भेट हुने पालमा जान्थ्यो। जब मोशा निस्केर भेट हुने पालमा जान्थे, तब सबै मानिसहरू उठेर आफ्नो पालको ढोकामा खड़ा भई मोशा त्यस पालभित्र नपसुञ्जेलसम्म तिनीतिर नै हेरिरहन्थे। जब मोशा त्यस पालभित्र पस्थे तब बादलको खामो ओर्लेर पालको ढोकामा खड़ा रहन्थ्यो। तब परमप्रभु मोशासित कुरा गर्नुहुन्थ्यो। जब मानिसहरूले बादलको खामो पालको ढोकामा खड़ा भएको देख्तथे, तब तिनीहरू उठेर आ-आफ्नो पालको ढोकामा आराधना गर्थे। परमप्रभु मोशासित यसरी आमने-सामने कुरा गर्नुहुन्थ्यो, जसरी कोही आफ्ना मित्रसित कुरा गर्दछ। तब मोशा फर्केर छाउनीमा आउँथे, तर तिनको जवान सहायक, नूनका छोरा यहोशू, त्यस पालबाट निस्कँदैनथे। अनि मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई ‘यी मानिसहरूलाई लिएर जा’ भन्नुहुन्छ, तर मसित को-को पठाउनुहुन्छ तपाईंले मलाई थाहा दिनुभएको छैन। तपाईंले भन्नुभएको छ, ‘म त तँलाई तेरो नाउँले नै चिन्छु: र तँमाथि मेरो निगाह भएको छ’। यदि तपाईंको निगाह ममाथि भएको छ भने, अब मलाई तपाईंको मार्ग देखाउनुहोस्, र म तपाईंलाई चिन्न सकूँ र तपाईंको दृष्टिमा निगाह पाइरहन सकूँ। यो जाति तपाईंकै हो भनी सम्झनुहोस्।” अनि परमप्रभुले भन्नुभयो, “मेरो उपस्थिति तँसँग जानेछ, र म तँलाई विश्राम दिनेछु।” तब मोशाले उहाँलाई भने, “यदि तपाईंको उपस्थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्।
प्रस्थान 33 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 33
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 33:7-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू