YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 33:1-6

प्रस्‍थान 33:1-6 NNRV

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “मिश्रबाट ल्‍याएका यी मानिसहरूसँग त्‍यस देशमा जा, जसको विषयमा ‘तेरा सन्‍तानलाई दिनेछु’ भनेर मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएको थिएँ। म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई धपाउनेछु। दूध र मह बग्‍ने त्‍यो देशमा जाओ। तर तिमीहरू हठी मानिस हौ, यसकारण म तिमीहरूका बीचमा हिँड्‌नेछैनँ, नत्रता बाटैमा म तिमीहरूलाई नाश गरुँला।” जब मानिसहरूले यो नराम्रो समाचार सुने, तब तिनीहरूले अफसोस गरे, र कसैले आफ्‍ना गहनाहरू लगाएन। किनकि परमप्रभुले मोशालाई भन्‍नुभएको थियो, “इस्राएलीहरूलाई भन्, ‘तिमीहरू हठी मानिस हौ। म एक क्षणको निम्‍ति पनि तिमीहरूका बीचमा आएँ भने म तिमीहरूलाई भस्‍म पार्नेछु। अब तिमीहरूले आफ्‍ना गहनाहरू फुकाल, र तिमीहरूसित के गर्नुपर्ने हो, सो म विचार गरुँला’।” यसैले होरेब पर्वतमा इस्राएलीहरूले आफ्‍ना गहनाहरू फुकाले।