परमप्रभुले मोशालाई भन्नुभयो, “तैँले र मिश्रदेशदेखि ल्याएका मानिसहरूले यो ठाउँ छोड्न र मैले अब्राहाम, इसहाक, याकूब र तिनका सन्तानलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशमा जानू। म तिमीहरूको अगुवाइ गर्न एउटा स्वर्गदूत पठाइदिनेछु र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाउनेछु। तिमीहरू एउटा धनी र मलिलो देशमा जाँदै छौ। म आफैंचाहिँ तिमीहरूसित जानेछैनँ किनभने तिमीहरू हठी छौ र बाटोमा म तिमीहरूलाई नाश पार्न सक्छु।” यो कुरा सुनेर मानिसहरू विलाप गर्न थाले र तिनीहरूले गरगहना लाउन छोडे। तिनीहरूलाई यसो भन्न परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो, “तिमीहरू हठी मानिस छौ। म तिमीहरूसित एकै दिन मात्र हिँडे भने पनि म तिमीहरूलाई पूरा नाश पार्नेछु। अब तिमीहरूले आफ्ना गरगहना खोल र तिमीहरूलाई के गर्नुपर्ने हो, सो म निश्चय गर्नेछु।” यसरी इस्राएलका मानिसहरूले सीनै पर्वत छोडेपछि गरगहना लाएनन्।
प्रस्थान 33 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 33:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू