YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 18:14-19

प्रस्‍थान 18:14-19 NNRV

मोशाले मानिसहरूका निम्‍ति गरेका सबै काम मोशाका ससुराले देखेर तिनलाई सोधे, “यो तिमीले मानिसहरूका निम्‍ति गरेको के काम हो? किन तिमी मात्र न्‍याय गर्न एकलै बसिरहन्‍छौ, र मानिसहरूचाहिँ बिहानदेखि बेलुकासम्‍म तिम्रो वरिपरि उभिरहन्‍छन्‌?” मोशाले आफ्‍ना ससुरालाई भने, “मानिसहरू मद्वारा परमेश्‍वरको इच्‍छा बुझ्‍न आउँछन्‌। तिनीहरूको केही विवाद छ भने तिनीहरू मकहाँ आउँछन्, र कुनै मानिस र त्‍यसको भाइबन्‍धुको बीचमा म न्‍याय गरिदिन्‍छु, अनि म तिनीहरूलाई परमेश्‍वरका विधिविधानहरू बताइदिन्‍छु।” मोशाका ससुराले तिनलाई भने, “तिमीले गरेको यो काम ठीक भएन। तिमी घोटिनेछौ— तिमी र तिमीकहाँ आउने यी सबै मानिसहरू। किनभने यो काम तिम्रो निम्‍ति साह्रै चर्को छ। तिमीले यो काम एकलै गर्न सक्‍नेछैनौ। मेरो कुरा सुन, म तिमीलाई केही सल्‍लाह दिनेछु, र परमेश्‍वर तिमीसित रहून्‌। तिमीचाहिँ परमेश्‍वरको अगि मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका मुद्दा उहाँको सामु लैजानू।