जब फारोले ती मानिसहरूलाई जान दिए, तब पलिश्तीहरूका देशको बाटो छोटो भए तापनि परमेश्वरले तिनीहरूलाई त्यो बाटो भएर ल्याउनुभएन। किनकि परमेश्वरले भन्नुभयो, “यी मानिसहरू लड़ाइँ देखेर पछुतो गर्लान् र मिश्रमा नै फर्की जालान्।” यसकारण परमेश्वरले तिनीहरूलाई घुमाएर उजाड़-स्थानको बाटो भएर लाल समुद्रतिर लानुभयो। युद्धको लागि इस्राएलीहरू सशस्त्र भई मिश्रबाट हिँड़े। मोशाले योसेफका अस्थिहरू साथमा लगे, किनकि तिनले इस्राएलीहरूलाई यस कुरामा यसो भनेर शपथ खान लाएका थिए, “परमेश्वरले अवश्य तिमीहरूको हेर-विचार गर्नुहुनेछ। त्यस बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानू।” तिनीहरू सुक्कोतबाट गएपछि, उजाड़-स्थानको नजिकै एथाममा डेरा बनाएर वास बसे। अनि तिनीहरू रातदिन हिँड्न सकून् भनेर तिनीहरूलाई बाटो देखाउनका निम्ति परमप्रभु दिनमा बादलको खामो र राती आगोको खामोमा तिनीहरूको अगिअगि जानुहुन्थ्यो। दिनमा बादलको खामो र राती आगोको खामो मानिसहरूका अगिअगि जान कहिल्यै छोड़ेन।
प्रस्थान 13 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 13:17-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू