आसाले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे कुरा असल र ठीक थियो त्यही गरे। तिनले विदेशी वेदीहरू र डाँड़ाका थानहरू हटाए, चोखा ढुङ्गाहरू भत्काइदिए, र अशेरा देवीका मूर्तिहरूलाई ढालिदिए। तिनले यहूदालाई परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरको अगुवाइ खोज्न अनि उहाँका विधि र आज्ञाहरू पालन गर्न भनी हुकुम गरे। तिनले यहूदाका सबै सहरहरूमा भएका अल्गा थानहरू र धूप बाल्ने वेदीहरू पनि हटाइदिए। तिनको शासनमुनि देशले शान्ति पायो। देशमा शान्ति भएको कारण तिनले यहूदामा किल्ला भएका सहरहरू पनि सुरक्षित पारे। त्यस समय तिनलाई कुनै युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई विश्राम दिनुभएको थियो। तिनले यहूदाका मानिसहरूलाई भने, “हामी यी सहरहरूलाई निर्माण गरौं। तिनका चारैतिर पर्खाल लाएर धरहरा, ढोका र आग्लाहरू बनाएर तिनलाई सुरक्षित पारौं। देश अझ हाम्रो छ, किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको अगुवाइ खोजेका छौं। हामीले उहाँलाई खोज्यौं, र उहाँले हाम्रा चारैतिर हामीलाई सुरक्षित राख्नुभएको छ।” यसैले तिनीहरूले ती सहरहरू निर्माण गरे, र तिनीहरूको उन्नति भयो।
२ इतिहास 14 पढ्नुहोस्
सुन्नुहोस् २ इतिहास 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 14:2-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू