YouVersion लोगो
खोज आइकन

२ इतिहास 14:2-7

२ इतिहास 14:2-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे कुरा असल र ठीक थियो त्‍यही गरे। तिनले विदेशी वेदीहरू र डाँड़ाका थानहरू हटाए, चोखा ढुङ्गाहरू भत्‍काइदिए, र अशेरा देवीका मूर्तिहरूलाई ढालिदिए। तिनले यहूदालाई परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको अगुवाइ खोज्‍न अनि उहाँका विधि र आज्ञाहरू पालन गर्न भनी हुकुम गरे। तिनले यहूदाका सबै सहरहरूमा भएका अल्‍गा थानहरू र धूप बाल्‍ने वेदीहरू पनि हटाइदिए। तिनको शासनमुनि देशले शान्‍ति पायो। देशमा शान्‍ति भएको कारण तिनले यहूदामा किल्‍ला भएका सहरहरू पनि सुरक्षित पारे। त्‍यस समय तिनलाई कुनै युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई विश्राम दिनुभएको थियो। तिनले यहूदाका मानिसहरूलाई भने, “हामी यी सहरहरूलाई निर्माण गरौं। तिनका चारैतिर पर्खाल लाएर धरहरा, ढोका र आग्‍लाहरू बनाएर तिनलाई सुरक्षित पारौं। देश अझ हाम्रो छ, किनभने हामीले परमप्रभु हाम्रा परमेश्‍वरको अगुवाइ खोजेका छौं। हामीले उहाँलाई खोज्‍यौं, र उहाँले हाम्रा चारैतिर हामीलाई सुरक्षित राख्‍नुभएको छ।” यसैले तिनीहरूले ती सहरहरू निर्माण गरे, र तिनीहरूको उन्‍नति भयो।

शेयर गर्नुहोस्
२ इतिहास 14 पढ्नुहोस्

२ इतिहास 14:2-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

आसाले याहवेह तिनका परमेश्‍वरको दृष्‍टिमा जे असल र ठिक थियो, त्यही गरे। तिनले विदेशी वेदीहरू र अग्ला देवस्थानहरू हटाइदिए; अनि चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए, र अशेराका खम्बाहरू काटेर ढालिदिए। तिनले यहूदालाई याहवेह तिनीहरूका पुर्खाका परमेश्‍वरलाई खोजी गर्ने, उहाँका व्यवस्था र आज्ञाहरू पालन गर्ने आज्ञा दिए। तिनले यहूदाको प्रत्येक सहरबाट अग्ला देवस्थानहरू र धूपका वेदीहरू हटाइदिए। तिनको अधीनमा राज्यमा शान्त भइरह्‍यो। देशमा शान्ति भएको कारण तिनले यहूदामा किल्‍ला भएका सहरहरू सुरक्षित पारे। ती दिनहरूमा कसैले पनि तिनीसित युद्ध गरेन; किनकि याहवेहले तिनलाई शत्रुहरूबाट विश्राम दिनुभयो। तिनले यहूदाका मानिसहरूलाई भने, “हामी यी सहरहरू निर्माण गरौँ। साथै यिनको चारैतिर पर्खालहरू लगाएर यिनमा धरहराहरू, मूलढोकाहरू र बारहरू बनाऔँ। यो देश अझ हाम्रै हो; किनकि हामीले याहवेह हाम्रा परमेश्‍वरलाई खोजेका छौँ। हामीले उहाँलाई खोज्यौँ र उहाँले हामीलाई चारैतिर विश्राम दिनुभएको छ।” यसकारण तिनीहरूले निर्माण गरे, र सफलता प्राप्‍त गरे।

शेयर गर्नुहोस्
२ इतिहास 14 पढ्नुहोस्

२ इतिहास 14:2-7 पवित्र बाइबल (NERV)

आसाले आफ्ना परमप्रभु परमेश्वरको समक्ष असल र उचित कुराहरू गरे। आसाले ती विदेशी वेदीहरू हटाइदिए जो मूर्ति पूजाका निम्ति प्रयोग गरिन्थे। आसाले उच्च स्थानहरू हटाइदिए अनि स्मारक शिलाहरू फोडिदिए। आसाले अशेरा-स्तम्भहरू भाँची दिए। आसाले यहूदाका मानिसहरूलाई परमप्रभु परमेश्वरको अनुशरण गर्नु भनी आदेश दिए। उहाँ तिनीहरूका पुर्खाहरूले अनुशरण गरेका परमेश्वर हुनुहुन्छ। आसाले तिनीहरूलाई परमप्रभुका व्यवस्था अनि आदेशहरू पालन गर्ने आदेश दिए। आसाले उच्च स्थानहरूका धूपवेदीहरू पनि यहूदाका सबै शहरहरूबाट हटाइ दिए। यसरी जब आसा राजा थिए उनको राज्यमा शान्ति थियो। आसाले यहूदामा त्यो समय सुदृढ शहरहरू निर्माण गरे जब यहूदामा शान्ति थियो। आसाले यी बर्षहरूमा कुनै युद्ध गर्नु परेन किनभने परमप्रभुले तिनलाई शान्ति प्रदान गर्नु भएको थियो। आसाले यहूदाका मानिसहरूलाई भने, “हामी यी शहरहरूलाई निर्माण गरौं अनि यिनीहरूका चारैतिर पर्खालहरू बनाऔं। हामी बुर्जाद्वारहरू अनि द्वारमा बारहरू बनाऔं हामी यो देशमा बसेसम्म यसो गरौं। यो देश हाम्रो हो किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको अनुशरण गरेका छौं। उहाँले हामीलाई हाम्रो चारैतिर शान्ति दिनु भएको छ।” यसर्थ तिनीहरूले निर्माण गरे अनि सफलता प्राप्त गरे।

शेयर गर्नुहोस्
२ इतिहास 14 पढ्नुहोस्

२ इतिहास 14:2-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

भलो र असल कामहरू गरेर आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रसन्‍न तुल्‍याए। उनले पराई देवताका वेदीहरू र मूर्ति आराधनाका स्‍थलहरू हटाए, ढुङ्गाका स्‍तम्‍भहरू भँचाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए। उनले यहूदाका मानिसहरूलाई परमप्रभु उनीहरूका पुर्खाहरूका परमेश्‍वरको अगुवाइ खोज्‍न अनि उहाँका विधि र आज्ञाहरू पालन गर्न आज्ञा गरे। उनले यहूदाका सबै सहरहरूमा भएका अग्‍ला थानहरू र धूप बाल्‍ने वेदीहरू पनि हटाइदिए। उनको शासनमुनि देशले शान्‍ति पायो। देशमा शान्‍ति भएको कारण उनले यहूदामा किल्‍ला भएका सहरहरू पनि सुरक्षित पारे। त्‍यस समय उनलाई कुनै युद्ध गर्नुपरेन किनभने परमप्रभुले उनलाई विश्राम दिनुभएको थियो। उनले यहूदाका मानिसहरूलाई भने, “हामी पर्खाल, किल्‍ला र आग्‍ला लाउन र बन्‍द गर्न सकिने मूल-ढोकाहरू बनाएर आफ्‍ना सहरहरूलाई सुरक्षित बनाऔं। देश हाम्रो हातमा छ किनभने हामीले परमप्रभु आफ्‍ना परमेश्‍वरको इच्‍छा पालन गरेका छौं। उहाँले हाम्रो रक्षा गर्नुभएको छ र हामीलाई चारैपट्टिबाट सुरक्षित राख्‍नुभएको छ।” राजाले भनेअनुसार तिनीहरूले बनाए र तिनीहरूको फलिफाप भयो।

शेयर गर्नुहोस्
२ इतिहास 14 पढ्नुहोस्