भलो र असल कामहरू गरेर आसाले परमप्रभु आफ्ना परमेश्वरलाई प्रसन्न तुल्याए। उनले पराई देवताका वेदीहरू र मूर्ति आराधनाका स्थलहरू हटाए, ढुङ्गाका स्तम्भहरू भँचाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए। उनले यहूदाका मानिसहरूलाई परमप्रभु उनीहरूका पुर्खाहरूका परमेश्वरको अगुवाइ खोज्न अनि उहाँका विधि र आज्ञाहरू पालन गर्न आज्ञा गरे। उनले यहूदाका सबै सहरहरूमा भएका अग्ला थानहरू र धूप बाल्ने वेदीहरू पनि हटाइदिए। उनको शासनमुनि देशले शान्ति पायो। देशमा शान्ति भएको कारण उनले यहूदामा किल्ला भएका सहरहरू पनि सुरक्षित पारे। त्यस समय उनलाई कुनै युद्ध गर्नुपरेन किनभने परमप्रभुले उनलाई विश्राम दिनुभएको थियो। उनले यहूदाका मानिसहरूलाई भने, “हामी पर्खाल, किल्ला र आग्ला लाउन र बन्द गर्न सकिने मूल-ढोकाहरू बनाएर आफ्ना सहरहरूलाई सुरक्षित बनाऔं। देश हाम्रो हातमा छ किनभने हामीले परमप्रभु आफ्ना परमेश्वरको इच्छा पालन गरेका छौं। उहाँले हाम्रो रक्षा गर्नुभएको छ र हामीलाई चारैपट्टिबाट सुरक्षित राख्नुभएको छ।” राजाले भनेअनुसार तिनीहरूले बनाए र तिनीहरूको फलिफाप भयो।
२ इतिहास 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 14:2-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू