आफ्नै खर्चमा कसले सिपाहीको काम गर्छ र? दाखबारी लाएर कसले त्यसको फल खाँदैन? अथवा भेडाबाख्राका बथान पालेर कसले त्यसको दूध पिउँदैन? के मानिसको दृष्टिकोणबाट मात्र म यो भन्दैछु र? अथवा के व्यवस्थाले पनि यही कुरा भन्दैन? किनभने मोशाको व्यवस्थामा लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोलो नलगाओ।” के गोरुहरूका विषयमा परमेश्वर चिन्तित हुनुहुन्छ? के उहाँले हाम्रो खातिर नै यो भन्नुभएको होइन र? हाम्रो खातिर नै यो लेखिएको हो। किनकि जोत्ने र दाइँ गर्नेले अन्नको केही हिस्सा पाउने आशामा नै जोत्छ र दाइँ गर्छ। यदि हामीहरूले तिमीहरूका माझमा आत्मिक बीउ रोपेका छौं भने, र तिमीहरूको भौतिक सम्पत्तिको कटनी गर्यौ भने, के त्यो अति भयो र? यदि अरूहरूले तिमीहरूमाथि यस मुनासिब हकको दाबी गर्छन् भने के हाम्रो अझ बढ़ी हक छैन? तापनि हामीले त यस हकको प्रयोग गरेका छैनौं, तर ख्रीष्टको सुसमाचारमा बाधा नपारौं भनेर बरु हामी सबै कुरा सहन्छौं। के तिमीहरूलाई थाहा छैन, कि मन्दिरमा सेवा गर्नेहरूले मन्दिरका थोकहरूबाट खान्छन्, र वेदीका सेवा गर्नेहरूले बलिबाट हिस्सा लिन्छन्? त्यसरी नै सुसमाचार प्रचार गर्नेहरूले पनि सुसमाचारबाटै जीविका चलाऊन् भनी प्रभुले आज्ञा दिनुभयो। तर यी हकहरूमध्ये मैले कुनैको प्रयोग गरेको छैनँ, र मेरो निम्ति यस्तै प्रबन्ध होस् भनेर मैले यी कुरा लेखेको होइनँ। किनभने मेरो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्चित गराउनभन्दा बरु म मर्नु असल छ। किनकि यदि मैले सुसमाचार प्रचार गरें भने त्यसमा मैले घमण्ड गर्ने केही कारण छैन। किनकि यसो गर्न म बाध्य छु। यदि सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ! किनकि यदि आफ्नो इच्छाले म यो काम गर्दछु भने मलाई इनाम छ, तर मैले आफ्नै इच्छाले यो गरेको होइनँ भने पनि मलाई एउटा भण्डारेको जिम्मा सुम्पिदिएको छ। तब मेरो इनाम के हो? केवल यति नै हो, कि सित्तैँमा सुसमाचार प्रचार गर्न पाऊँ, र सुसमाचार प्रचार गर्दा पाउने पूर्ण हकको दाबी मैले गर्न नपरोस्।
१ कोरिन्थी 9 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 9:7-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू