YouVersion लोगो
खोज आइकन

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 9:7-18

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 9:7-18 NERV

आफ्नो खर्च आफैं भरेर सेनामा काम गर्ने कुनै सिपाही छ? कोही यस्तो होला जसले अङ्गुरको खेती लगाएर एउटा पनि फल नखाने? कोही गोठालो होला जसले भेँड़ाको दुध पिउँदैन? यी सब कुराहरू मानव विचार मात्र हुन? के परमेश्वरको नियमले पनि त्यसै भन्दैन? मोशाको नियममा लेखिएको छः “दाँई गर्ने गोरूको मुखमा महला नलगाऊ र त्यसलाई अन्न खानाबाट नरोक।” के परमेश्वर गोरूहरूमा मात्र चासो राख्नु हुन्छ? होइन, वास्तवमा परमेश्वर हाम्रै बारे बोल्दै हुनु हुन्थ्यो। हो, धर्म शास्त्र हाम्रै लागि लिखिएको हो, “जोत्दा र दाँईँ गर्दा खेतीवालाले केही अन्न पाउने आशा गर्छ।” हामीले तिमीहरूमा आत्मिक बिऊ छरेकाछौं? यसर्थ यदि हामीले तिमीहरूबाट केही भौतिक चीजको आशा गर्दा त्यो अधिक हुन्छ र? जब तिमीहरूबाट सहायता पाउन अरूले अधिकार प्रयोग गर्छन् भने के हामी त्यो भन्दा अधिक अधिकार खोज्न सक्तैनौ? तर हामी अधिकार माग्दैनौं। हामी सबै चीज सहन गर्छौ ताकि ख्रीष्टको सुसमाचार पालन गर्न कोही पनि विरोधी नहोस्। के तिमीहरू जान्दैनौ मन्दिरमा सेवा गर्नेले मन्दिरबाटै खाना पाँउछन्? के तिमीहरू जान्दैनौ वेदीमा भेटी चढाउनेहरूले भेटीको भाग पाउँछन्? सुसमाचार प्रचार गर्नेहरूलाई पनि त्यस्तै हो। सुसमाचारका प्रचारकहरूले प्रचार कर्मबाटै आफ्नो जीवन निर्वाह गर्नु पर्छ भनी आज्ञा दिनु भयो। तर यो कामबाट मैले कुनै अधिकार उपयोग गरेको छैन। र मैले यसबाट केही पाउने कोशिश पनि गरिरहेको छैन। तिमीहरूलाई यो लेख्ने मेरो उद्देश्य होइन। कसैलाई मेरो गर्व केवल रित्तो भाँडा प्रमाण गर्ने मौका दिनु भन्दा त म मर्न मन पराउँछु। म सुसमाचार प्रचार गर्छु तर प्रचार मेरो गर्वको आधार होइन। यो त मेरो कर्त्तव्य नै हो मैले गर्नै पर्छ। मेरो लागि दुःखको कुरो हो यदि मैले सुसमाचार प्रचार गरिन भने। यदि मैले आफ्नै खुशीले सुसमाचार प्रचार गरें भने म केही इनाम पाउनु सक्छु। तर मेरो कुनै चयन छैन। मैले सुसमाचार प्रचार गर्नै परेको छ। जब ममाथि यो काम सुम्पिइएको छ, म मेरो काम गरिरहेको छु। यस्तो हुनाले म के इनाम पाउँछु र? मेरो इनाम त यही होः विना मूल्य सुसमाचार प्रचार गर्नु। यसरी सुसमाचार प्रचारमा जो अधिकार दिइन्छ कुनै पनि म उपयोग गर्दिन।