YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 9:16-23

१ कोरिन्थी 9:16-23 NNRV

किनकि यदि मैले सुसमाचार प्रचार गरें भने त्‍यसमा मैले घमण्‍ड गर्ने केही कारण छैन। किनकि यसो गर्न म बाध्‍य छु। यदि सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्‍कार छ! किनकि यदि आफ्‍नो इच्‍छाले म यो काम गर्दछु भने मलाई इनाम छ, तर मैले आफ्‍नै इच्‍छाले यो गरेको होइनँ भने पनि मलाई एउटा भण्डारेको जिम्मा सुम्‍पिदिएको छ। तब मेरो इनाम के हो? केवल यति नै हो, कि सित्तैँमा सुसमाचार प्रचार गर्न पाऊँ, र सुसमाचार प्रचार गर्दा पाउने पूर्ण हकको दाबी मैले गर्न नपरोस्‌। किनभने म मानिसहरूबाट स्‍वतन्‍त्र भए तापनि अझ धेरैलाई जित्‍न सकूँ भनेर मैले आफैलाई सबैको दास तुल्‍याएँ। यहूदीहरूलाई जितूँ भनेर यहूदीहरूका निम्‍ति म यहूदीजस्‍तै बनें। व्‍यवस्‍थाको अधीनमा रहनेहरूलाई जितूँ भनेर म आफै व्‍यवस्‍थाको अधीनमा नभए तापनि व्‍यवस्‍थाको अधीनमा भएकाहरूका निम्‍ति व्‍यवस्‍थाकै अधीनमा रहेजस्‍तै भएँ। व्‍यवस्‍थाको बाहिर हुनेहरूलाई जित्न सकूँ भनेर म आफै परमेश्वरको व्‍यवस्‍थाबाट बाहिर नभई तर ख्रीष्टको व्यवस्थाको अधीनमा रही व्यवस्थाको बाहिर हुनेहरूझैं बनें। दुर्बलहरूलाई जितूँ भनेर दुर्बलहरूका निम्‍ति म दुर्बल बनें। सब प्रकारका उपायले कसै न कसैलाई बचाउन सकूँ भनेर सबैका निम्‍ति म सब थोक बनें। सुसमाचारका आशिष्‌हरूको सहभागी हुन सकूँ भनेर सुसमाचारकै खातिर म यी सब थोक गर्दछु।