1
हितोपदेश 16:3
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ, र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 16:3
2
हितोपदेश 16:9
मानिसले हृदयमा आफ्नो योजना बनाउँछ; तर त्यसका कदमहरू भने याहवेहले नै निर्धारण गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:9
3
हितोपदेश 16:24
मिठा वचनहरू महको चाकाजस्तै हुन्छन्, जो प्राणको निम्ति मिठो र हड्डीलाई निको पार्ने हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:24
4
हितोपदेश 16:1
हृदयका योजनाहरू मानिसका हुन्; तर जिब्रोको ठिक जवाफ भने याहवेहबाट नै आउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:1
5
हितोपदेश 16:32
धैर्यवान् मानिस हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो आत्मा नियन्त्रण राख्नु सहर कब्जा गर्नुभन्दा बेस हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:32
6
हितोपदेश 16:18
विनाशको अगि अहङ्कार आउँछ, र पतनको अगि घमण्डी आत्मा आउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:18
7
हितोपदेश 16:2
हरेक मानिसलाई आफ्ना मार्गहरू निर्दोष लाग्छ; तर अभिप्रायहरू याहवेहबाट नै जाँचिएका हुन्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:2
8
हितोपदेश 16:20
जसले निर्देशनलाई ध्यान दिन्छ, उसको उन्नति हुन्छ, धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:20
9
हितोपदेश 16:8
बेइमानी गरेर कमाएको प्रशस्त कमाइभन्दा, धार्मिकताको साथमा थोरै भएको असल हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:8
10
हितोपदेश 16:25
कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:25
11
हितोपदेश 16:28
भ्रष्ट मानिसले विवाद उत्पन्न गराउँछ, र कुराउटेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:28
होम
बाइबल
योजनाहरू
भिडियोहरू