उनकी स्वास्नीले उनलाई भनिन्, “तपाईं अझै पहिलाजस्तै विश्वासयोग्य रहनुभएको छ, होइन? किन परमेश्वरलाई सराप दिएर मर्नुहुन्न?” अय्यूबले जवाफ दिए, “तिमी मूर्ख कुरा गर्दछ्यौ, के हामीले परमेश्वरबाट असल कुरा मात्र थाप्ने र दु:खको कुरा नथाप्ने?” जस्तै दु:ख पाए पनि अय्यूबले परमेश्वरको विरुद्धमा केही बोलेनन्।