ती सबै सुनेपछि अय्यूब उभिए र शोकले आफ्नो वस्त्र च्याते। तिनले आफ्ना कपाल खौरे र भूइँमा घोप्टो परे। उनले भने, “म आफ्नी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो र परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्!” यी सबै भए पनि अय्यूबले परमेश्वरलाई दोष दिएर पाप गरेनन्।