BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

येशुको उलटपुलट राज्यको घोषणापत्र पढिसके पछि, एउटा ""आर्को-गाला-फर्काइ-दिनु"" भन्ने कुरा कति शक्तिशाली हुन सक्छ भन्ने प्रश्न हाम्रो मन। तर येशूको अनुग्रह कमजोरी होइन। पढ्दै जाँदा, हामी देख्न सक्छौं कि राजा येशूसित मरेकाहरूलाई पनि बिउँताउन सक्ने शक्ति छ।
येशूलाई यी सबै आश्चर्य कर्महरू गरिरहेको देख्ने र सुन्ने धेरैलाई यो थाहा छ कि उहाँले यो परमेश्वरको शक्तिले गर्नुभएको हो। तर बप्तिस्मा दिने यूहन्नाले जेलमा छँदा के भइरहेको छ देख्न र सुन्न सक्दैनन्। उसले सोंचेको येशु साँच्चै उहाँ नै हुनुहुन्छ कि भन्ने कुरामा उसले शंका गर्न शुरु गर्छ। येशूले भविष्यवक्ता यशैयाको भनाइ उद्धृत गर्दै फेरि यूहन्नालाई सन्देश पठाउँनुहुन्छ: “दरिद्रहरसँग सुसमाचार छ।” यूहन्नालाई थाहा छ कि यो वचनले आउनेवाला मसीहलाई जनाउँछ। तर उनलाई यो पनि थाहा छ कि यशैयाको पुस्तकका अर्को पदहरूमा मसीहले “कैदीहरूलाई स्वतन्त्र” गर्नुहुनेछ भनी भविष्यवाणी गरेको छ , त्यसोभए किन यूहन्ना अझै जेलमा छन्? के येशूले उसलाई बिर्सनुहुन्छ? येशूले यूहन्नाको अवस्था देख्नुहुन्छ र यस्तो प्रतिज्ञा पनि थप्नुहुन्छ, “धन्य हुन ती जसले म बाट बाधा पाउँदैन।”
तर धेरैले यो आशिषलाई इन्कार गर्छन् र येशूमा, विशेष गरी धार्मिक अगुवाहरूमा बाधा पाउँछन्।क ती बाहिरकाहरू जसले आफनो जीवन बर्बाद पारेका छन् उनीहरूप्रति येशूको उदारतालाई तिनीहरूले बुझ्दैनन् । तर तिनीहरु उहाँ कहाँ ल्याइएपछि ती खराबीलाई के गर्ने भन्ने कुरा येशू जान्नुहुन्छ। उदाहरणका लागि, लूकाले लेखेका छन् कि भोजनमा सामेल एक स्त्रीले येशूको खुट्टा आफ्ना धन्यवादी आँशुहरूले धोइदिएर आफैलाइ विनम्र पार्छिन, येशूले उनको सम्पूर्ण जीवनलाई क्षमा गरेर धुनुभयो। अनि हामी उहाँकहाँ आउँदा हाम्रो लागि पनि उहाँ त्यस्तै गर्न तयार हुनुहुन्छ।
यो नै उलट पुलट राज्य हो --' महान बदलाव! हामी आफ्ना गल्तीहरूको कारण राजाको पहुँचबाट बन्चित हुन्छौं भनी अपेक्षा गर्न सक्छौं तर येशू अरू राजाहरू जस्तो हुनुहुन्न। उहाँ अनुग्रही र पहुँचयोग्य हुनुहुन्छ––मृत्यु वा जेलको पर्खालले समेतले उहाँका जनहरूलाई उहाँको प्रेमबाट अलग गर्न सक्दैन।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Acts Reading Plan
