BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

लूका येशूको जीवनको सबैभन्दा प्रारम्भिक प्रत्यक्ष साक्षीहरूको अनुसन्धान गर्छन् र त्यसपछि आफ्नो सुसमाचारको पुस्तक रचना गर्छन। यो कथा यरूशलेमको डाँडाहरूमा सुरु हुन्छ जहाँ इस्राएलका प्राचिन अगमवक्ताहरूले परमेश्वर स्वयं एक दिन सारा पृथ्वीमा आफ्नो राज्य स्थापना गर्न आउनुहुनेछ भनेर भनेका थिए।
एक दिन यरूशलेमको मन्दिरमा जकरिया नामका पुजाहारीले काम गर्दै गर्दा उनले एउटा दर्शन देख्छन जसले गर्दा उनी तर्सिन्छन्। एक जना स्वर्गदूत देखा पर्छन् र भन्छन् कि उनी र उनकी पत्नीको एउटा छोरो हुनेछ। यो त अचम्म भयो किनभने जकरिया र उनकी पत्नी बच्चा जन्माउन नसक्ने पाका उमेरका छन् भनेर लूका हामीलाई बताउँछन्। यस विवरणलाई लूकाले इस्राएलका महान पुर्खाहरू अब्राहाम र साराको कथासँग समान तुलना गर्दैछन। उनीहरू पनि धेरै बुढो भइसकेका थिए र तब सम्म उनीहरूले बच्चा जन्माउन सकेका थिएनन् जबसम्म परमेश्वरले चमत्कारी रूपमा उनीहरूलाई एउटा छोरो इसहाक दिनुभएन जस मार्फत इस्राएलको सम्पूर्ण कथा सुरु भयो। त्यसैले लूकाले यहाँ परमेश्वरले अब फेरि केहि महत्वपूर्ण कुरा गर्द हुनुहुन्छ भनेर संकेत गर्दैछन्। ती स्वर्गदूतले जकरियालाई उनको छोराको नाम यूहन्ना राख्नू भन्छन्। उनी भन्छन्, उनका छोरा नै इस्राएलका पुराना भविष्यवक्ताहरूले इंगित गरिरहेका व्यक्ति हुनेछन्। तिनीहरूले भनेका थिए, कोही एकजना आउनेछन् जसले परमेश्वर यरुशलेममाथि शासन गर्न आउनुअघि इस्राएललाई आफ्ना परमेश्वरसँग भेट्न तयार पार्ने थिए। जकरियाले त्यो पत्याउन सक्दैनन र यूहन्नाको जन्म नभएसम्म उनको बोली बन्द हुन्छ।
त्यही स्वर्गदूतले फेरि मरियम नाम गरेकी कन्यालाई पनि यस्तै छक्कलाग्दो समाचार दिए। उनले पनि अचम्म तरिकामा एक छोरा जन्माउने छिन् जसबार इस्राएलका अगमवक्ताहरूले प्रतिज्ञा गरेका थिए। ती स्वर्गदूतले उनको नाम येशू राख्नू र उनी दाऊद जस्ता राजा हुनेछन् जसले परमेश्वरका जनहरूलाई सदासर्वदा शासन गर्नेछन् भनेर भन्छन। उनले थाहा पाउँछिन्, परमेश्वर आफै उनको गर्भमा रहेर मानवतासँग बन्धनमा हुनुहुनेछ र यसरी उनले मसीहलाई जन्म दिनेछिन। त्यसरी, मरियम एउटा सानो शहरकी कन्याबाट भावी राजाकी आमा हुन्छिन्। उनी अचम्भित भइन् र कसरी आफ्नो परिवर्तित सामाजिक मर्यादाले आउनेवाला एउटा महान कायापलटतर्फ इंगित गर्दैछ भन्ने विषयमा एउटा गीत गाइन्। उनको छोरा मार्फत परमेश्वरले शासकहरूलाई उनीहरूको सिंहासनबाट हटाउनुहुन्छ अनि गरिब र नम्रहरूलाई उचाल्नुहुन्छ। उहाँले सम्पूर्ण विश्व व्यवस्थालाई उलटपुलट पार्नुहुन्छ।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Perfectly Imperfect | Discovering Grace When Perfect Isn’t Possible, a 7-Day Devotional by Jacques McNeil
