BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

यस भागमा, लूकाले अगाडीको समयलाई नजिकबाट हेर्छन्। यूहन्ना अहिले यर्दन नदीमा नवीकरण सेवाको नेतृत्व गरिरहेका अगमवक्ता हुन्। त्यहाँ गरिब, धनी, कर उठाउने र सिपाहीहरूसमेत ठूलो संख्यामा मानिसहरू बप्तिस्मा लिन आइरहेक छन्। यी सबै मानिसहरूले आफूलाई नयाँ जीवनशैलीमा समर्पण गरिरहेका छन्। धेरै पहिले इस्राएलीहरू यही नदी पार गरेर आफ्नो भूमि अधिकार गर्न आए र परमेश्वरले उनीहरूलाई एउटा जिम्मेवारी दिनुभयो। तिनीहरूलाई केवल उहाँकै सेवा गर्न, छिमेकीलाई प्रेम गर्न र एकसाथ न्यायको पछि लाग्न बोलाइएको थियो। हामीलाई पुरानो नियमका घटनाहरूबाट थाहा छ,उनीहरू यसो गर्न बारम्बार चुके। त्यसैले यूहन्नाले इस्राएललाई फेरि यर्दन नदीको पारिपट्टि जान र फेरि आफ्नो परमेश्वरप्रति पुनः समर्पित हुन बोलाउँदैछन् । यो नविकरण अभियानले तिनीहरूलाई परमेश्वरले अब गर्नुहुन कुराको लागी तयार पार्नेछ।
अहिले यही यर्दन नदीमा आफ्नो राज्यको कार्य शुरु गर्न तयार भएर येशू देखा पर्नुहुन्छ। येशूलाई यूहन्नाले बप्तिस्मा दिन्छन् र उहाँ पानीबाट निस्कनुहुँदा आकाश खुल्छ र स्वर्गबाट एउटा आवाजले भन्छ, ""तिमी मेरा पुत्र हौ जसलाई म प्रेम गर्दछु, तिमीसँग म अत्यन्त प्रसन्न छु।"" यहाँ परमेश्वरका वचनहरू हिब्रू धर्मशास्त्रबाट प्रतिध्वनीहरूले भरिएका छन्। यो पहिलो पंक्ति भजनसंग्रह २ को हो। त्यहाँ परमेश्वरले एक राजा यरूशलेममा आएर जातिहरूमाझ दुष्टको सामना गर्न यरूशलेममा शासन गर्नुहुनेछ भनी प्रतिज्ञा गर्नुभयो। अर्को पंक्ति चाँही अगमवक्ता यशैयाबाट हो। यसले मसीह एक सेवक बन्ने अनि इस्राएलको खातर कष्ट भोगेर मर्नहुनेछ भनी बताउँछ।
यसपछि, लूका येशूको वंशावली पैलाउँदै दाऊद(इस्राएलका राजा)-देखि अब्राहाम (इस्राएलका पिता), आदम (मानिसजातिका पिता) र परमेश्वर (सबैका सृष्टिकर्ता)-सम्म पुग्छन्। यसमा लूकाले हामीलाई येशूलाई मसीही राजाको रूपमा हेर्न मद्दत गर्छन्। उहाँ इस्राएललाई मात्र नभई सम्पूर्ण मानवजातिलाई पुन: नयाँ बनाउन परमेश्वरबाट आउनुभयो।
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

A Teen's Guide To: Being Unafraid and Unashamed
